[Show all top banners]

sYaKuuRiolAKU_nchImb
Replies to this thread:

More by sYaKuuRiolAKU_nchImb
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

tomtripathi
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 ***dhoti le moj garyo***
[VIEWED 8357 TIMES]
SAVE! for ease of future access.
sYaKuuRiolAKU_nchImb
Posted on 04-26-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरण भण्डारी, काठमाडौं, वैशाख १३-
विदेश भ्रमणमा लोभिएको आरोप खेपिरहेका
परराष्ट्रमन्त्री उपेन्द्र यादव मन्त्रिपरिषद्को स्वीकृति नलिई तीन साता लामो
यात्रामा निस्किएका छन्।
असंलग्न राष्ट्रको सम्मेलनमा भाग लिन शनिबार साँझ पाँच
सदस्यीय टोलीको नेतृत्व गर्दै यादव क्युवाको राजधानी हवाना उडेका छन्। यादवको टोली
सोमबार सुरु हुने चारदिने सम्मेलन सकेर युरोप र अमेरिकाका एक दर्जन सहर घुम्ने
कार्यक्रम छ। क्युवा ब्राजिल क्यानडा फ्रान्स डेनमार्क नर्वेलगायत मुलुक भ्रमण
सूचिमा छन्।



उधारो टिकटमा विदेश उडेको यो टोलीले दैनिक भ्रमण भत्ता होटल भैपरी
खर्च नियमभन्दा बढी पेस्की लिएको परराष्ट्र स्रोतले बताएको छ। 'सहसचिव, उपसचिव, पीए
र अन्य सदस्यले पनि मन्त्री सरहै पेस्की लिएका छन', परराष्ट्रका एक सहसचिवले भने
'मन्त्री नै गतिछाडा भएपछि हाम्रो के लाग्छ !'


मन्त्री वा सचिवले दैनिक भ्रमण भत्ता २ सय देखि २ सय ५० डलर र होटल खर्चबापत
अधिकतम ५० डलर पाउँछन्। सहसचिव र मातहतका लागि दैनिक र होटल खर्च अधिकतम १ सय ५०
डलर तोकिएको छ। तर यो टोलीका पाँचै सदस्यले मन्त्रीसरहै पेस्की लिएको जानकारी
स्रोतले दिएको छ।


भ्रमणको अवधिले खर्च मात्र बढाएको हो तर मन्त्रीपरिषद्को अनुमोदन नै नगराई
सरकारी प्रतिनिधिमण्डल अनधिकृत तवरमा विदेशिएको भन्दै झन् आलोचना भएको छ।


अरु त अरु यादवको विदेश भ्रमण मोहबाट उनी अध्यक्ष रहेको मधेसी जनअधिकार फोरमका
नेतासमेत सन्तुष्ट छैनन्। 'नेपाल असंलग्न आन्दोलनको सुरुदेखि संलग्न भएकाले क्युवा
भ्रमण सान्दर्भिक छु फोरमका नेता शरदिसंह भण्डारीले भने 'अन्य मुलुकको
कार्यक्रमबारे म यसै भन्न सक्दिनँ।'


भ्रमण लामो-छोटोभन्दा पनि मन्त्रिपरिषदबाट अनुमोदन नै नगराई जानुलाई भण्डारीले
आपत्तिजनक र गम्भीर ठानेका छन्। 'जुन मन्त्री जस्तो कार्यक्रममा गएपनि
मन्त्रिपरिषद्कै प्रतिनिधित्व गरेर जाने हो' पाचायत र प्रजातन्त्रकालमा पटक पटक
मन्त्री रहिसकेका उनले भने- 'त्यो नै नभएपछि राष्ट्रिय प्रतिनिधित्व नभएजस्तो
हुन्छ।'


मन्त्रीलगायत उच्च ओहोदाका अधिकारीले निजी खर्चमा विदेश भ्रमणमा जाँदा समेत
सरकारको अनुमति लिने प्रचलनको स्मरण गराउँदै उनले राष्ट्रिय जिम्मेवारीमा रहेका
व्यक्तिहरु स्वयं यसमा सचेत हनुपर्ने बताए।



'प्रधानमन्त्रीको व्यस्तताले गर्दा
मन्त्रीपरिषद्बाट अनुमोदन गराउन अनुकुल नमिलेपछि मन्त्रीज्यूले विदेश नजाने निधो
गर्नुभएको हो' संचारका एक सहसचिवले भने- 'मन्त्रीले सचिवलाई जान भन्नुभयो तर हाइ
प्रोफाइल कार्यक्रममा आफू मात्र जानु घुमाइ मात्र हुने भन्दै उहाँले पनि लोभ
देखाउनुभएन।'



 
Posted on 04-26-09 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saala Dhoti!!!


 
Posted on 04-26-09 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paakhe khaate mantri haru. kahile kehi dekhya, garya bhaye po manchhe lai laalach kam hunchha. thauma pugna paayepachhi adhikaar misuse garne purano bani hamra khaate paakhe mantri/netaharuko. harey, yo desh ko haalat...
Last edited: 15-May-09 11:41 PM

 
Posted on 04-26-09 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Idiot minister !

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Any input on remote jobs(IT related or Sales or Marketing)?
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters