[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अमेरिकाबासी कवि बसन्त पुरस्कृत
[VIEWED 3180 TIMES]
SAVE! for ease of future access.
Posted on 05-14-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकाबासी कवि बसन्त पुरस्कृत

नेपालीपोष्ट प्रतिनिधि

काठमाडौं, मे १२

अस्वीकृत विचार-साहित्य गुठी काठमाडौंले ०६४ सालको अस्वीकृत विचार-साहित्य पुरस्कार अमेरिकाबासी कवि बसन्त श्रेष्ठलाई  प्रदान गर्ने निर्णय गरेको जानकारी पुरस्कार गुठीका सदस्य सचिव नगेन्द्रराज शर्माद्धारा प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

०५४ सालमा स्थापित यस गुठीले हालसम्म १० जना साहित्यकारहरुलाई अलंकृत गरिसकेको छ र यो पहिलो विदेशमा अवस्थित साहित्यकारलाई पुरस्कृत गरेको हो ।

यो पुरस्कार वितरण समारोह वासिंगटन, अमेरिकामै हुनेछ र यसको लागि गुठीका अध्यक्ष समालोचक कृष्णचन्द्र सिंह प्रधान र सस्थापक डा. कविताराम श्रेष्ठ अमेरिका जाँदै हुनुहुन्छ ।
 
अस्वीकृत बिचार साहित्य पुरस्कार गुठी ०५४ सालमा विज्ञानसम्मत सिर्जनात्मक र जीवनवादी मौलिक साहित्य श्रृजना गर्ने क्रममा तत्कालिन स्थापित मूल्य र मान्यताहरुका कसीमा स्वीकृत नभई उपेक्षित वा बिर्सिएका वा ओझेलमा परेका गतिबादी साहित्यकारहरुका अभिष्टमा टेवा पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो ।

यस गुठीले नयाँ आयामको खोजी गर्ने प्रगतिउन्मूख विचारहरुलाई प्रतिपादन गर्ने वा त्यस्ता बिचारहरुको सृजनात्मक प्रयोग गर्ने साहित्यिकारहरुमध्ये एक जनालाई हरेक बर्ष सम्मान ताम्रपत्र समेत रु. १२,००० (बाह्र हजार) को पुरस्कार प्रदान गर्दछ । यस गुठीको स्थापना डा. कविताराम श्रेष्ठले आफूले कमाएका लेखकीय पारश्रमिक र पुरस्कारका रकमबाट स्थापना गर्नुभएको हो ।

गुठीका संस्थापक प्रवन्ध समितिमा अध्यक्ष कृष्णचन्द्र सिंह प्रधान,  सदस्य सचिब नगेन्द्रराज शर्मा, कोषाध्यक्ष युवराज श्रेष्ठ, र सदस्यहरु गोविन्द भट्ट, अभि सुवेदी, नारायण ढकाल, सोमनाथ घिमिरे र अमरकुमार प्रधान हुनुहुन्छ । डा. कवितारा श्रेष्ठ यस गुठीको  संस्थापक तथा संरक्षक हुनुहुन्छ ।
 
२०५४ देखि हालसम्म पुरस्कृत साहित्यहारहरु क्रमशः पूर्ण विराम (२०१०), नन्दराम लम्साल (१९९९), झमक कुमारी घिमिरे -२०३७), देवीप्रसाद सुवेदी (२००५), पूर्णबहादुर वैद्य (१९९७), चन्द्रशेखरलाल शेखर (१९९०), कृष्णप्रसाद श्रेष्ठ (१९९१), रविकिरण निर्जीव (२००२), शिव रेग्मी (१९९८) र नरेश शाक्य (२००३) हुनुहुन्छः । 

तस्वीर नेपाल होराइजन

 

 
Posted on 05-14-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks for the information.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
legal Query for married nepali girl now have taken US citizenship
2020 : Why No Trump !
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters