[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 त्रि-शंकु संबिधान सभा र आगामी सरकार
[VIEWED 7342 TIMES]
SAVE! for ease of future access.
Posted on 04-21-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रि-शंकु संबिधान सभा र आगामी सरकार
जे जसरी भए पनि चुनाव सकियो। कसले कसरी जिते वा हारे, तिनको लेखा जोखा एवं सत्य तथ्य आउने नै छन। चुनावी परिणाम् अनुसार नेकपा माओवादी ले कूल ६०१ सद्स्य संख्य मध्ये २२४ सीट हासिल गर्ने देखिन्छ भने कांग्रेस ले १११ र नेकपा एमाले ले १०४। सामान्य बहुमत को लागि पनि माओवादीले सरकार बनाउन अझै ७७ सांसद अपुग हुने देखिन्छ। अहिले को चुरिफुरी अनी बयानबाजी हेर्दा माओवादीहरुले मानौ प्रचन्ड बहुमत हासिल गरेको छ। यो तिलस्मी ३०१ को आँकडा कसरी पुर्‍याउने बारे होस् नगरेको हो कि बेहोस् भएको बुझ्न काठिन छ। यदी कांग्रेस र एमाले ले माओवादी को समर्थन नगर्ने भयो भने मधेसी फोरम (५०) तराइ मधेश लोकतान्त्रिक पार्टी (१९), राप्रपा (९) तथा अन्य साना बाम दल सबैको समर्थन हासिल गर्नु पर्ने हुन्छ। अब तपाईं नै बिचार  गर्नुस्,अब को सरकार कस्तो आकार र प्रकार को बन्ने छ भनेर।


संबिधान सभाबाट राजाको भबिष्य लगायत अन्य बिषयमा निर्णय गर्न दुई तिहाइ संख्या को आवश्यकता हुन्छ, ४०१ पुर्‍याउन पर्ने अवस्थाको बिचार  नै नगरी अरु पार्टी संग सल्लाह सहमति नलीई यसरी फालछौ राजा, उसरी फाल्छौ राजा भनेर वक्तब्य बाजी गर्नु को तुक कती छ? बिचारनिय पक्ष यही हो।  


 
Posted on 04-21-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

अस्ताउन लागेको सुर्य आखिर अस्ताई छाड्छ ।तर  यो साझ  सुर्य आस्ताउदैन भन्नु को जति तुक छ त्यति नै तुक  यो धागो  को पनि।  राजा हटाउदा राहुलभाइलाई  केहि नोक्सान हुनेवाला छ कि कसो ?


 
Posted on 04-21-08 7:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समानुपातिक चुनाव पद्धति जुनबेला समावेश गरियो, त्यही बेला त्यो काम सम्विधानसभामा कसैको पनि निरपेक्ष बहुमत आउन नदिई यसलाई त्रिशंकु नै बनाउने उद्देश्य र भिजनले गरिएको हो बाबा । त्यसमा अचम्म वा दु:ख मानियो भने त नेपालको परिवर्तनको मार्गचित्र नै नबुझिएको वा नस्वीकारिएको जस्तो भैगो नि ।

 

हाम्रो सम्विधानसभाको भूमिका द्वैध छ । एक, सम्विधानसभाको रुपमा र अर्को, नयाँ सम्विधान नबनुञ्जेल अन्तरिम संसदको रुपमा । त्यसैले यसको कार्यप्रणाली पनि सोही अनुसार जटील नै हुने कुरा स्पष्टै छ । त्यसैले आगामी दिनहरुमा अनेक जटिलताहरु देखिनेछन् । बुझ्नेले स्वाभाविक भन्नेछन्, नबुझ्नेले काखी बजाउलान् ।

 

जहासम्म कस्तो सरकार बन्ला, के के गर्ला, कसरी गर्ला भन्ने कुरा छ, अरु कुरा भन्न नसकेपनि यति चाही पक्का भन्न सकिन्छ (कमसेकम म सक्छु)- कांग्रेसीहरुले उनिहरुको ठूलो मतको सरकार जसरी चलाएका थिए त्यो भन्दा केही न केही राम्रोसंग चलाउनेछन् माओवादीहरुले ।

 

कांग्रेसले आफ्नो पालामा कुशासन चलाएर अहिले माओवादीलाई तुलना गर्न सजिलो पो बनाईदिएकाछन् त ।

 

राजाको कुरा । राजालाई जति विनम्रतापूर्वक विदाई गर्नुपर्ने गरी जनताले जनादेश दिएका हुन् त्यति गर्छन् माओवादीले । त्यो भन्दा बढी विनम्रता देखाउन आवश्यक पनि छैन, देखाए भने पनि गणतन्त्रवादीहरुले सडकमै उत्रेर माओवादीको सातो खानेछन् ए ।

 

Nepe

 

 


 
Posted on 04-21-08 7:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तम ब्याख्यान नेपे गुरू।
म पनि पछि-पछि लागे है!!!!!!!!!!!



 
Posted on 04-21-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SriDhar-jyu,

यो समानुपातिक प्रणालीले पनि गजबै गर्‍यो । यसले नेपालीहरुलाई वास्तविक प्रतिनिधिमूलक लोकतन्त्रको (Representative democracy) शिक्षा र स्वाद पहिलोपल्ट दिएको कुरा त छदैछ, हाम्ले जति प्रजातन्त्र कल्ले जान्या छ भनेर धक्कु र एकाधिकार खोज्ने कांग्रेसीहरुले प्रजातन्त्र भन्या भुतोभाङ बुझ्या रहेनछन् भन्ने कुरा पनि देखाईदियो । माओवादी, मधेसी-जनजाती र नागरिक समाजले सम्विधानसभाको लागि समानुपातिक प्रणालीको माँग र बहस लेराउदा कांग्रेसीहरु प्रजातन्त्र भनेकै FPTP चुनाव हो भनेर त्यसको विरोध गर्थे । बल्लतल्ल आधा समानुपातिकलाई स्वीकार गरे । माओवादीले बढाम समानुपातिक भनेर चुनावै रोकेर झगडा गर्‍यो ।

 

मलाई सम्झना छ, त्यो बेलामा कार्टर आएर 70% समानुपातिक गर्दा राम्रै कम्प्रोमाईज हुन्छ भनेर सुझाव दिदा एकजना ठूलै पत्रिकाको सम्पादक र पुरस्कृत साहित्यकारले एउटा सम्पादकिय नै लेखेर जान्ने हुन्छ यो कार्टर भनेर हुर्मत लिएका थिए ।

 

तीन रात कट्न पाछैन, सम्पादक महोदय आफैको हुर्मत गयो । समानुपातिक कति बढाउनेमा मोलतोल शुरु भयो र आखिर सम्झौता पनि भयो 60% समानुपातिक गर्ने गरेर । सम्पादकको सम्पादकिय रद्धिको टोकरीमा पुग्यो ।

 

अब चुनावपछि त गजबै भा छ । पहिले पहिले समानुपातिकको विरोध गर्नेहरु अहिले समानुपातिकवादी भा होलान् र पहिले पुरै समानुपातिक हुनुपर्छ भनेर लडेको माओवादीका कार्यकर्ताहरु हत्तेरिका पुरै FPTP भएको भए त ड्याम्म बहुमत आउने रहेछ भनेर चुकचुकाईरहेका होलान् ।

 

त्यो रमाईलो पक्ष बाहेक, वास्तवमै हामीले एउटा सुन्दर लोकतान्त्रिक पाठ पढेका हौं, प्रयोग गरेका हौं । हाम्रो समानुपातिक प्रणालीमा आन्तरिक चुनाव (primaries) को प्रावधान थपेर यसलाई व्यक्तिस्तरमै लोकतान्त्रिक बनाउने सुधार गर्न बाँकी छ, गरिने नै छ । तर समुहस्तरमा भने शुद्ध FPTP भन्दा मिश्रित प्रणाली नै बढी प्रतिनिधीमूलक हुने कुरा चाही बुझी सकियो ।

 

 

Nepe

 

अब मैले स्तरहिन भनेको सम्पादकियको केही अंश । एकदम मनोरञ्जनपूर्ण छ यहाँ प्रस्तुत तर्कहरु ।

 

 

 !!!! कार्टरको सुझाव मुर्दावाद !!!!

 

अन्तर्राष्ट्रिय अनुभव जे-जस्तो भए पनि नेपालको दोस्रो राजनीतिक भ्रमणका क्रममा औपचारिक रूपमा दिएको सुझावले उनको [Jimmy Carter को] सदाशयप्रति शंका उत्पन्न भएको छ । उनले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई बुझाएको तीन बुदामध्ये विशेषगरी निर्वाचन प्रणालीसम्बन्धी सुझाव आपत्तिजनक छ । उनले ७० प्रतिशत समानुपातिक र बाकी ३० प्रतिशत प्रत्यक्ष निर्वाचन प्रणाली अपनाउन आर्श्चर्यजनक सुझाव दिएका छन् । उनलाई थाहा छ, यहाँ विवाद कति प्रतिशतभन्दा पनि मिश्रित गर्ने कि पूर्ण समानुपातिक भन्ने हो । साथै यहाको मुख्य विवाद माओवादी साच्चै निर्वाचनप्रति प्रतिबद्ध छ, छैन भन्ने

 

हो । प्रतिशतको मुख्य विवाद भएको भए संसद्को विशेष अधिवेशन सातदलीय एकता खल्बल्याउने गरी मतदानमा पुग्ने थिएन र माओवादीले केही प्रतिशतकै लागि जनयुद्ध कालीन संरचनाहरू ब्युताउदै अर्को विद्रोह को धम्की दिने थिएन । संसारको कुन देशमा निर्वाचन प्रणाली यति र उति प्रतिशतमा भाग लगाउने भनेर अन्तर्राष्ट्रिय पहलकर्ताले द्वन्द्व समाधान खोजेको छ ? कुन देशका लागि कति प्रतिशत आवश्यक हुन्छ भन्ने मापदण्ड के हो ? कुन आधारमा नेपालले यो प्रतिशत अंगीकार गर्नुपर्ने हो भन्नेबारे कार्टर-सुझाव शंकास्पदरूपमा मौन छ ।

 

अर्कातिर कुनै विदेशी नेताले यति र उति प्रतिशत भन्ने सुझाव औपचारिक रूपमा दिदै हिड्ने हो कि होइन भन्ने प्रश्न उठ्छ । यसले नेपालको आन्तरिक राजनीतिमा बाह्य हस्तक्षेपको गुन्जायस दिएको मात्र छैन, थप बढाउने संकेत पनि गरेको छ । अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धमा बाह्य सुझाव जतिसुकै बेवास्ता गर्न नसकिने भए पनि राष्ट्रको मर्यादा, राष्ट्रिय राजनीतिक दलहरूको स्वाभिमान अरूले बेवास्ता गर्नु अशिष्ट ठहरिनेछ । दलीय नेताहरूसग आपसी सहमतिका लागि जे-जस्ता प्रतिशतको अभ्यासका लागि अनौपचारिक सहजकर्ता बने पनि त्यस्तो अंशवण्डा र्सार्वजनिक गर्दा राष्ट्रको राजनीतिक जीवनमा पर्ने प्रभाव कार्टरले बुझ्न खोजेको देखिएन । कार्टरको सूत्रमा समाधान खोज्ने हो भने नेपालको राजनीतिमा प्रत्यक्ष अमेरिकी प्रभाव सहजै अनुमान गर्न सकिन्छ । भोलि भारतले ८० र २० प्रतिशत भन्ने सुझाव देला, यही होडमा चीनले ६५ र ३५ भन्ला, युरोपेली युनियनले ७५ र २५ को तर्क गर्ला । देशभित्र संगठनहरू कार्टरले त यति र उति प्रतिशत भनिसके, दलहरू किन मान्दैनन् भन्लान् । यसले पक्कै पनि सहमतितर्फदलहरूलाई सघाउने छैन ।

 

http://www.kantipuronline.com/kolnepalinews.php?nid=129285

 

______________________


 
Posted on 04-21-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ ओ।।।।।
हो मलाई पनि गजव नै गरया जस्तो ला'छ।
तैपनि केहि  त सिक्न पायौ ।
 
धन्यवाद छ यहाँलाई औल्याईदिनु भएकोमा।।।।।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters