[Show all top banners]

wow.nepal
Replies to this thread:

More by wow.nepal
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सम्झना: उनि र म, अनि केवल् ति चुम्बन् हरु
[VIEWED 5430 TIMES]
SAVE! for ease of future access.
Posted on 10-03-07 12:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बशन्त रितुको रमाइलो छण होस् , पुष-माघ को कठांग्रिने जाडो होस्, बर्षातको त्यो झरी होस्, या कहाली लाग्दो त्यो चैत बैशाख को गर्मी होस्, उनका हरेक चुम्बन हरु ले मलाई थकाउन सकेका थिएनन, तेसैले होला , आज उन्को चुम्बन नपाएको 7 दिन पनि शताब्दी जस्तो नै महशुस भइ रहेको छ। एही हो मेरो सानो प्रेम कथा जुन केवल८ बर्ष कै उमेरमा फक्रिन नपाउंदै ओिलाई गएछ। आज उनी सँगको को यो बिछोडको छणमा उनी झन झन याद अौछिन , तर दुर्भाग्यबस मेरो शब्दको भन्डारमा पर्याप्त र उचित शब्द हरुको कमी महशुस हुँदैछ, तै पनि सानो प्रयास गर्दै छु, मेरो र उन्को प्रेमको त्यो सानो भये पनि अबिस्मरणीय छण लाई शब्दहरुको साहारा लिएर सबै सामु अवगत गराउन।
२० बर्ष को उमेर, केवल साथी-सङी हरु सँग समय बिताउने गरिन्थ्यो, एक्छिन पनि समय पाउने बित्तिकै चोक तिर गयो, रमाइलो कुरा गर्‍यो, जोक हरु भन्यो हांस्यो हंसायो , अनी एही नै हो जिन्दगी जस्तो लाग्थ्यो। एक दिन को कुरा हो, पौष को महिनाको त्यो कठांग्रिने जाडो मा म र मेर परम मित्र बिहान नै चोक तिर पुगेका थिएम। मेरा ति मित्र को नाम सज्जन थियो। सज्जन र म बालक काल देखी कै मित्र परेम र राम्रा नराम्रा सबै छण हरुमा एक अर्काको साथ दिन पछि कहिले नि परेनौ। सज्जन ले त्यो बिहान मलाई आफ्नो प्रेमिका सँग फर्मल इन्ट्रोड्क्सन गराउन्दै भन्यो, "सी इज माइ गर्ल फ्रेन्ड, सुरी। " मैले पनि राम्रो सँग आफ्नो इन्ट्रोड्क्सन दिएं। हामी एक ३ जना नि एक अर्काको लागि राम्रो मित्र बन्न पुगेम। समय बित्दै गयो, सज्जन को र सुरी को प्रेम देखेर मलाई पनि कता कता मन मा कसै सित माया गर्ने रहर पलाएर आयो।
मन न हो ,कस्को नै बस छ र एसलाई रोक्न सक्नु। तेही चोक को पसल मा एक दिन सज्जन् ले मेरो परिचय मेरि उनि संग गरायेको थियो। सुरुमा त उन्ले मेरो मनलाइ जित्न सकेकि थिइनन्, तर समय्को खेल् भनम् या हाम्रो मन् को भेल् भनम्, रोक्नै सकियेन। समय् नबित्दै हामि एक् अर्काको एक्दम् नजिक् भै सकेका थियम् । दिन् को ४-५ पटक् उनिसङ भेट् नगरि चुम्बन् सांटासांट् नगरुन्जेल् त राति को निद्रा को बारेमा म सोच्न नै सक्दैनथें। माया गहिरिन्दै गयो, हाम्रो मायाले गहिराइ लिंदै गयो र हामी एक्-अर्का सँग रमाउदै गएम। उनका हरेक् चुम्बन् मेरो लागि अनमोल थिये। गर्मि को छ्ण् मा शितल् महसुस् गरानुन सक्नु, जाडो मा न्यानो पनाको महशुस् गराउन सक्नु, बर्सात् को झरिले भिजेर कांप्दै गरेको शरिर लाइ स्थिर् बनाउन सक्नु -----कति नै भनम्, कुनै बयान् नै गर्न सक्दैन उन्का ति चुम्बनको। झन् कहिले काहिं साथिहरु संग रेस्टुरां तिर जांदा , बियर को १-२ शिप् लिये पछि त हाम्रो चुम्बनको बाढि लाइ देखेर सबै अचम्म नै हुन्थे, कोहि इर्श्या गर्थे त कोहि साहानुभुति देखाउंथे।
मलाइ अझ नि याद् छ, सज्जन् ले रेस्टुरांमा मलाइ भनेको त्यो दीन् को कुरा।सज्जन क ति शब्द हरु अझ पनि मेरो कान मा गुन्जिरहन्छन," अभि मलाइ थाहा छ मैले नि तिम्रो र यिन्को भेट् गरायेको हो, तर तिमि त अति नै गर्न थालेछौ, तिम्रा चुम्बनहरु संग मलाइ केहि नि समस्या छैन, तर साथि डर लाग्छ् कुनै तिमिले उनिलाइ छोडने परिस्थिति आयो भने तिम्रो के होला,अभि त्यो छण् म तिमिलाइ एकदमै गार्हो हुनेछ, तेसैले समय मै होस् पुर्याउ।" हुन त उस्ले जे भने पनि मलाइ कुनै फरक् परेन, तर अहिले मेरो बिछोड् को यो सातौं दिनमा मलाइ सज्जन् को निकै याद् आउंदै छ्। जे होस्, समयको खेल् येस्तै हो। केहि बर्स पछि म बिदेशिनु पर्ने अवस्था आयो, जे होस् राम्रै को लागि थियो। मैले बिदेशिनु अघि उनि लाइ बिर्शिन कोशिस् पनि गरें तर् के गर्नु माया येति गहिरो थियो कि, फेरि उनि ले बर्सायेका ति चुम्बन् हरुले मलाइ कहां तेति सजिले बिर्सन अनुमति दिन्थ्यो र। बिदेश् आउनु भन्दा ३ दिन् अघि को कुरो हो, म हाम्रो घर् पछाडि को पर्खाल् म उनि संग चुम्बन् गर्न मै ब्यस्त थिये, बाबा ले बोलाउनुभयेको सुने। अनि बाबा लाइ म एक्छिन् मा आउंछु भन्दै सके जति चुम्बन् गरें अनि फेरि उनि लाइ शुभ रात्रि भनि बाबा सङ कुरा गर्न लागे बाबा हुनु भाको कोठामा। बाबाले पहिलो पटक् सुइंको पाउनु भयेछ मेरो र उनिको चुम्बन्को चर्तिकला। तर पनि वाहां ले केवल् येति भन्नु भयो " बाबु, तैले आफ्नो जिवन् को निर्णय आफै गर्नु पर्छ तर यो तेरो लागि राम्रो हैन बांकि तेरो इक्ष्या।" बाबा को कुरा लै आदर् गरे झैं गरें अनि बिदेशिनु अघी कति भुलाउन खोजे तर सकिन, र बिदेश् आउंदा आफु सङै लियेर आये पनि। अनि त के थियो, न्यु योर्क् को टाइम्स् स्क्वायर भनम् कि आयोवाको डिमोइन् सिटि भनम्, अझ डि सि को ह्वाइट् हाउस् देखि बोस्टोन् को गुड्टाइम् स्पोर्ट्स् बार्, सबै साछि छन् उनि र मेरो बिच् सांटासांट् भयेका ति चुम्बनका। अझ उनि संग बिछोड् हुनु अघि येहि समर् मा टेक्सस् का गल्लि हरुले नि त्यो क्षण् हेर्ने अवसर् पाये। हुने हार् दैब नटार् भन्छन्, तेहि भयो जुन् मैले चाहेको थियेन। ७ दिन् अघि को कुरो हो, म उनि संग गहिरो बार्तालाप् मा परें। मलाइ सज्जन् ले तलाइ पछि बिछोडिनु पर्दा गार्हो पर्छ् भनेका र अरु पनि सबै शब्द हरु झल्झलि याद् आये। म बिबश् थियें नचाहंदै पनि उनिलाइ छोड्ने निर्णय लीसकेको थियें।
आखिरि पटक् मैले उनिलाइ आफुले सके जति चुमे,बिछोडका ति चुम्बन् हरुले मेरा ओंठ्मा मैले येति तातो पना महशुस् गरें कि लाग्थ्यो अब ओंठ् डढन मात्र बांकि छन्। बिधि को बिडम्बना, मेरो आफ्नो भबिश्यको लागि मैले उनिलाइ छोडनु नै पर्ने महशुस् मैले गरि सकेको थियें। समय पनि बद्लिंदै थियो, न्यु योर्क् को तेहि बार् जाहां बर्सौं अघि मैले केहि घन्टा बियर् पिउन्दै उनिलाइ चुम्दै बितायेको थिये, येसपालि न्युयोर्क् तेहि बार् मा जांदा त, "चुम्बन् गर्न मनाहि छ" भन्ने सुचना पनि लेखेको देखें। अझ् म जाने गरेको कलेज् मा पनि सेप्टेम्बर् १ तारिक् देखि (यो सेमेस्टर् को सुरुवात् मै) ठाउं ठाउंमा "कलेजको हाता भित्र चुम्बन् गर्न मनाहि छ" भन्ने लेखेको देखें। अनि त उनि लै चुम्बन् गर्न न पाउन्दा त उनको अस्तित्व् नै नरहने महशुस् गरें र उनि लाइ छोद्ने निर्णय गरें। फेरि उनिसंग अन्तिम् पटक् माफि मागें, र सोधें " मैले चाहेको बेलामा तिमिले कहिले नि रोकिनौ, मैले चाहे जति चुम्बन् गरे, तिमिले कहिले पनि केहि भनिनौ, मलाइ आफ्ना चुम्बन्हरुले सन्तुस्ट् गराउन्दै मात्र गर्यो, आज् बिछोड् को यो क्षण मा पनि तिमि किन मौन् छौ, केहि त बोल्!" तर उनि सधै झैं मौन् नै रहिन्, तर् येस् पटक् उनको मौनता ले केहि भन्न खोज्दै थियो, ल लाग्छ मैले ति शब्द हरु बुझें।
मलाइ लाग्छ्, उनि भन्दै थिन् "अभि हामो परिचय देखि अहिले सम्म मैले तिमिलाइ तिमिले चाहे जति चुम्बन् दिये, याद् गर त मैले तिमिलाइ कहिले नि रोकिन, मलाइ तिम्रो भबिश्य संग खेलवाड् गर्ने कुनै अधिकार् छैन्, तर अहिले तिमिले मेरा चुम्बन् हरु तिम्रो भबिश्य को लागि नराम्रो साबित् हुन्छ भन्ने सोच्दछौ भने, तिम्रो खुशि को लगि म अहिले पनि चुप् नै बस्छु, तेसैले म मौन् छौ र तिम्रो भलाइ को लागि; म दुखि पनि छैन्, येस् मा मेरो कुनै दोश् पनि छैन, मैले तिमिलाइ कहिले नि कर् गरेको थिन कि मलाइ चुम्बन् गर भनेर, तिमिले आफै गर्दै गर्दै गयेउ, म मा रोक्न सक्ने क्षमता नै थियेन। " हुन पनि हो, म किताब् पढ्दा बोर् हुंदा होस्, य टाउको दुखेको महसुस् हुंदा होस्, उनिलाइ चुम्न चाहन्थे र उनिले कहिले नि मलाइ रोकिनन्। उनि महान् छिन्, तेसैले त मैले उनिलाइ छोड्ने बिछोड्को बेला मा पनि उनि मेरो हिम्मत् बढाउन का लागि, नबोलि मौन् बसिन्। आज ७ दिन् भै सक्यो, म उनि लाइ सम्झि रहेको छु, तर चुम्न चहि रहेको छैन्, र चुम्ने पनि छैन्, किन कि तेसैमा मेरो भलाइ छ।
(येहि हो कथा मेरो र उनि का चुम्बन् हरुको , र मैले याहां मैले पिउने (smoking)गरेको चुरोट् लाइ पिउनुको सट्टा चुम्नु भनि प्रस्तुत् गरेको छु, र चुरोट् लाइ उनि को रुप् मा प्रस्तुत् गरेको छु। As all of you know Bars in New York are smoke free, and since this semester my college is completely smoke free,we can't even smoke in parking lot or inside our car, lol! Thats what I was talking about those signs in bar and college..Sajjan's girl friend's name suri came from सुरि ( सुर्य चुरोट्)।)
।।।।।crazy love नानि, राहुल् भाइ र साझा मा लेख्ने गरेको सबै साथिहरुको लेखाइ बाट सार्है प्रभाबित् भयेर, आज पहिलो पटक् लेख्ने प्रयाश् गरें। Hope It wasn't that boring. Crazy Love, rahul bhai, and all of the writers in sajha, thanks for inspiring me.
quit smoking now, I already did, lol!
wow.nepal
 
Posted on 10-03-07 1:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ramro chha keep writing
 
Posted on 10-03-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Athena, Appreciate your complements.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters