[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मेरी हुन नसकेकी श्रीमती
[VIEWED 13650 TIMES]
SAVE! for ease of future access.
Posted on 01-03-08 5:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



मेरो अगाडी एउटा टेबल थियो कामिराखेको गोडाहरू लुकाउन , अनी भुईमा रखियेको बिदेशी कार्पेट ले मेरा औला हरु कोतर्न ब्यस्त थिए । म मेरो मोजा गनाई रहेको छ/छैन, त्यस्प्रती पनि सतर्क थिए । कोठा शांत थियो, मौनता पल प्रति पल ब्याप्त थियो | नहोस पनी कसरी ? उनको लागी त थाहा छैन, मेरो लागी भने यो अनुभब पक्कै पनी नयाँ नै थियो | हामी दुई जनाको कुरा छिन्न केटा र केटी ले गफ गरून भनेर रखिएको थियो एउटै कोठामा !
आख़िर मा मैलेनै आफू केटा हुनुको बोध दर्शाउने बिचार गरे ।
" तिम्रो नाम के हो ?"
कस्तो अवास्ताबिक प्रश्न ! मानौं म प्रश्न सोध्नलाई मात्र प्रश्न सोधिरहेछु ! पक्कै पनी मेरो यो प्रश्न प्रति उनिलाई हाँसों उठ्यो होला ! शोलेमा "तुम्हारा नाम क्या है बसन्ती ?" भने जस्तो !
" बिबाह गर्न आउनु भएको नाम नै थाहा नभई त ? "
उनले मलाई प्रतिप्रश्ना गरिन । उनको बोली स्पस्ट थियो, एउटा साहसी युवक को जस्तो! म छक्क परें , प्राय केटीहरु लजाउने खालका हुन्छन् भन्ने मेरो सोचाई थियो , तर मेरो सानो प्रश्न माथी पनी प्रतिप्रश्ना ? किन ? उन्लाई मलाई उनको नाम संध्या हो भन्ने थाहा हुंदाहुँदै पनी उनले दोहोर्याएर पनी त भन्न सक्थीन । के यो उनको अहम् हो ? वा अरु नै कुनै कुरा ? मैले पहिलो चोटी उनिलाई नियालें । साधारण भएर पनी असाधारण थिइन् उनी । बिवाह को लागी पहिलो भेटघाट ने भए पनी खास श्रृंगार थिएन उनको अनुहारमा, तर बिछट्टै राम्री . के ले गर्दा हो मलाई पानी थाहा छैन ! शायद उनको चुच्चो नाक, शायद एउटा रहस्य बोकेको जस्तो अनुहार, शायद अरु नै केही ! " तपाईको यो पहिलो पटक हो ? "
उनले मलाई फेरी एक पटक झाटारो हानिन । म अकमक्क परे । उनी पक्कै पनी साधारण होइनन, नभए पहिलो भेट , त्यो पनी बिबाह्को उदेश्यले , केटी ले यस्तो प्रश्न सोध्नु त पक्कै पनी साधारण मनिदैना ।
" किन ? तिम्रो होइन र ? "
मैले पनी एकछिन उनलाई जिस्काउने प्रयास गरे ।
" म तपाँई जत्तिको नर्भस भएको छैन नि, छू र ? "
उनी पहिलो चोटी हासीन . एउटा स्वछन्द हाँसो, रोकटोक नभएको ! कोठा भित्र चिया को ट्रे छिर्यो, हामी अली सतर्क भयौ । ट्रे बोकेरा आउने अधबैसे आईमाई ले हामिलाई चियो को नजरले हेरिन अनी चुपचाप बाहिर निस्किन । ढोका ढप्क्याईदियीन । यो कती बेर सम्म हुने हो सोच्दै मैले पसीना पुश्ना रुमाल बाहिर निकाले ।
" मंसिरमा काठमान्डौ मा पसीना ? "
उनी फेरी हासीन ।
"तिमी हास्दा असध्य राम्री देखिन्छ्यौ , एकदम निस्फिक्री हासे जस्तो !"
मैले पहिलो चोटी उनको प्रसंसा गरे तर साँचो भन्छु प्रसंसा मेरो मुटू बाट साँचो निक्लेको प्रसंसा थियो । हुनसक्छ , मलाई देखावटीपन मन पर्दैन ।
"तपाई चीनी कती चम्चा लिनुहुन्छ?"
"अरु बेला दुई चम्चा , आज एक चम्चा मात्र !"
"किन?"
" एक चम्चा चीनी को काम त तिम्रो हातले पनी गर्ला नि!"
" मलाई यस्तो नहुने कुरा गरेको मन पर्दैन !"
पहिलो चोटी प्रसंसा मन नपर्ने केटी देखियो, तर किन हो किन मलाई त्यही प्रसंसा मन नपर्ने केटी नै मन पर्दैछ ।
"कस्तो भौतिकतावादी तिमि ! प्रसंसा पनी मन नपर्ने !"
" होइन ! म यथार्थ वादी छू ।"
" एउटा कुरा सोधौ?"
" सोध्नुहोस न ! त्यसैका लागी त तपाँईलाई यो कोठा भित्र छोडिएको!"
"तिमि यती राम्री, फ्रैंक पनी ! कलेजमा केटाहरुसंग affair भएन कहिल्यै ?"
यो प्रश्न मैले अली ज्यादा नै सोधे जस्तो लागेको थियो तर उनको हासो ले म परिधि भित्रै छू जस्तो लाग्यो ।
"अहं मैले कहिल्यै पनी केटा हरुलाई खासै भाऊ दिइन । तपाँई पनी त handsome हुनुन्छ, कोही girlfriend बनेनन?"
" थिए तर प्रतिस्पर्धा मा तिमिलाई जित्न सक्ने कोही पायीन । "
" मलाई प्रतिस्पर्धी बनाएर आफुलाई पुरस्कार बनाउन खोज्नु भएको ! भो मलाई चाहिएन पुरस्कार !"
पहिलो चोटी मलाई यो युद्ध हरेको अनुभव भयो । मैले अफ्नो अन्तिम अस्त्र फ्याल्ने प्रयास गरें ।
"तिम्रो जीवन मा कोही छ भने भन । म बाटो छोडीदिनेछु ।"
"तपाँई राम्रो केटा हुनुन्छा, तर म तपाईलाई मात्र साथी बनाउन सक्छु ।"
" जीवनसाथी किना बनाउन सक्दिनौ , कोही केटा छ ,के उ म भन्दा राम्रो छ ? caring छ ? "
"मलाई सानै देखि केटा हरु कहिल्यै मन परेनन् , उ केटा होइना केटी हो !!!"
मैले मुन्टो उठाउने साहस गरीन, तलको कार्पेट मलाई गीज्याऊँदै थियो ।
 
Last edited: 04-Jan-08 10:12 PM

 
Posted on 01-03-08 6:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice story, very interesting. keep it up.
 
Posted on 01-03-08 6:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo Jee: Katha ta ati ani ghat lagne khalko rahechha.... ramro lagyo.... malai auta kura sodhan man lagyou ahile tapaniko biha bhayo..... kati patak kt herepachi bhiha bhayo ta ni.....just kidding wiriting is good,I liked it.Thanks for sharing your first experience!


 
Posted on 01-03-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Fucheketo nice story. tara hajurle eutai kura dui choti copy paste garnu bhaako jasto lagyo.

 
Posted on 01-03-08 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओझा जी को लेखन शैली उत्तम छ, लेख्दै गर्नुस्, अति उत्तम कथाहरु बन्दै जाने छ।

 
Posted on 01-03-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै राम्रो शैली र कथावस्तु! मजा आयो पढेर!

अरु पनि जावस!


 
Posted on 01-03-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


fucheketo,

प्रस्तुती राम्रो लाग्यो, साधारण कुरालाई पनि मिठो शैलीमा प्रस्तुत गर्नु भएको रहिछ कथा सिद्दिएको पत्तो नहुने गरेर। अरु पनि लेख्दै गर्नुस्

 
Posted on 01-03-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो, मिठो रमाइलो प्रस्तुती। पढ्दै जादा सकिएको पत्तै भएन। अरु पनि लेख्दै गर्नुस।
 
Posted on 01-03-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा कति बेला सकियो पत्तो नहुने चै हो रे छ सकिए पछि फेरी सुरु हुँदो रहेछ यही क्रमले कालान्तर सम्म पढीरहन पाउन पढ्नेहरुले भन्ने सदासय होला लेखकको --- :)

लघु कथा जस्तो लाग्यो। हामी जस्ता पाठकहरुको लागि त जत्ति धेरै पढ्न पाईयो उति राम्रो। साझामा अर्को एक जना प्रस्तुतकर्ताको आगमनलाई म त स्वागत गर्छु।


 
Posted on 01-03-08 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुचे ,कथा छोटो तर पूर्ण रहेछ तर किन दोहर्याएर लेखेको नि ?:)

कथामा नारीपात्र सबल र दुबै पात्र बिलकुल विपरित ध्रुबका रहेछन --  अरु पनि पढ्न पाम है:)

 

Last edited: 03-Jan-08 10:11 AM

 
Posted on 01-03-08 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Fucheketo,  रमाइलो प्रस्तुती - अरु पनि  पढीरहन पाईयोस
 
Posted on 01-03-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे केटो को बहुत् बढिया प्रस्तुति,

" मलाई प्रतिस्पर्धी बनाएर आफुलाई पुरस्कार बनाउन खोज्नु भएको ! भो मलाई चाहिएन पुरस्कार !"


 
Posted on 01-03-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह! क्या सटीक कथा! राम्रो छ फूच्चे!


 
Posted on 01-03-08 3:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा राम्रो छ । मैले त दोराएर पढेछु । म भा भे त ती दुबइलाई मेरो good friend बनाउन्थे । क्या रमाइलो हुन्थियो होला कुरै सुन्दा पनि ।

 
Posted on 01-04-08 1:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


maybe u copied from some indian stories am i ryt?

 
Posted on 01-04-08 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tika kc jee: Totally disgusting comments  Sajha bhanekai anfule janeko kura thaha payeko kura share garne thaun ho ra yanha sabai kura anfaile lekheko hunuparccha jasto malai lagdain.....So artilce ko source khojne kam banda gardinda ramro hunchha hola.....pheri katha ta kanhi  na kanhi kasai sangha milihalchha ni... tapainlai thaha chhina ra.... at the begining of TV serial/movies there is always a disclaimer like...its a fiction and if it meets with.......... coincidence!

Kasto ramro katha chha padhan paio...akachin enjoy garna paiyo tayhi ramro kura ho ni....hoaina ra... ?

 

Last edited: 04-Jan-08 01:32 AM

 
Posted on 01-04-08 2:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

man main fureko ho ,tapainlai bhram bhayechha..........afainlai ghateko chahin hoina


 
Posted on 01-04-08 2:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

by the way tyo story milne movie kun ho...?answer ko pratikshya ma rahanechhu
 
Posted on 01-04-08 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चे जी,

उत्कृष्ट लेखन पस्कनु भएकोमा धन्यबाद,

शैलि राम्रो लाग्यो, बिषयबस्तु गतिलो छ ।

लेख्दै गर्नुहोला, टाँस्दै गर्नु होला ।।

 


 
Posted on 01-05-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

fucheketo, jyadai ramailo laagyo, pheri pheri pani lekhdai garnu hola..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters