[Show all top banners]

crazy_love
Replies to this thread:

More by crazy_love
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 अभियान।

[Please view other pages to see the rest of the postings. Total posts: 81]
PAGE: <<  1 2 3 4 5 NEXT PAGE
[VIEWED 58292 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 5 pages, View Last 20 replies.
Posted on 02-20-09 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

भाग -१

 

धेरै दिन देखि यो घटना सम्झिरहेथें, आज लेख्दैछु।


त्यो दिन भाइ र म स्कुलबाट आयेर खाजा खान मात्र लाग्याथ्यौं, मुनु हस्याङ फस्याङ गर्दै घरमा आइपुगी। हामी खाजा छोडेर उस्को कुरा सुन्न थाल्यौं। एकदम इमर्जेन्सी कुरा छ, तिमीहरु दुबै सङै हिड्नुपर्यो भनेर भाइ र मलाइ यता बाटोमा ल्याएर उ आउनुको उदेश्य बताइ। उस्की दिदी भागिछ, अब दिदीलाइ फर्काएर ल्याउने रे। किन भन्दा त्यस्तो सुकुल गुन्डो जस्तो उस्को भिनाजु हुन सक्दैन रे। हेर्दा मात्र झिल्के छ रे, काम साम केहि छैन रे। मुनुको घरमा दाजुभाइ थिएनन्, त्यसैले त्यो अलि केटा जस्तै ब्यबहार देखाउथी। मेरो भाइ पनि डराउथ्यो मुनुसङ। कहिलेकाहिं हप्काउथी मजाले तर माया पनि गर्थी। पेटमा मुसा दौडीराको बेला मुनुको दिदीको घर खोज्न जानु पर्ने भयो। भाइले खुसुक्क कानैमा मुनु अघि अघि हिंडेको बेला भन्यो। "उस्को पो दिदी भागी, मेरो दिदी भाग्या हो र? बेकारमा खुट्टालाइ दुख।"


मुनु पछाडी फर्केर सोधी। "के रे?"


मैले कुरालाइ अन्तैतिर मोडें। बाटोमा टिन्कुलाइ पनि भेट्यौं, उ पनि आइ"दिदी फिर्ता अभियानमा।" टिन्कु र मुनु अघि हिंडे, भाइ र म पछि पछि। कहाँ जाने भनेर सोद्धा, सुन्धारातिर भने मुनुले। हामी कुपोन्डोलदेखि पाटनढोका पुग्दा लखतरान भइसकेका थ्यौं। भाइ कालो अनुहार लायेर मलाइ छड्के छड्के आँखा तर्दै थ्यो। मैले पनि त्यस्लाइ आँखा तर्दैथें।


"सक्छस् भने त्यो मुनुलाइ आँखा तर्न, मलाइ के रिस् देखाइरा?"


"तँ भाग्नै पर्यो भने मलाइ भन है?" भाइले भन्यो।


"किन?" मैले सोधें।


"म आफै तंलाइ तेरो बुढाको घरसम्म पुर्याउन आँउछु अनि घर पनि खोज्न गार्हो हुँदैन नि।" मलाइ हाँस उठ्यो त्यसको कुरा सुनेर।


पाटनको गल्ली गल्ली भित्र पस्यौं, मुनुको दिदीको घर भेट्नै सकेनौं। चोक चोकमा पुगेर मुनु चारैतिर घरहरु हेर्छे, अनि फर्किन्छे। हामीहरु भोकै मुनुको दिदीलाइ खोज्न हिंडेका। अत्ति भयेपछि भाइले मुनुलाइ सोध्यो। "मुनु! भिनाजुको घर कहाँ हो?"


मुनु जङ्गी,"कस्को भिनाजु?"


"मेरो दिदी त यहीँ छ।" भाइले मलाइ देखाँउदै बिस्तारै भन्यो।


"त्यो लोफरलाइ भिनाजु नभन् है बाबु!" मुनुले भाइलाइ सम्झाइ। "सुन्धारातिर रे भन्ने सुन्याथें त्यस्को घर।" मुनुले फेरि भनी।


"दिदीको लोग्नेलाइ के भनिन्छ?" भाइले फेरि मलाइ बाटोमा सानो स्वरमा सोध्यो। मैले "नकरा" मुनु रिसाकी छ भनेँ। मुनु र टिन्कु आर्मीको सिपाहि जस्तो हिंड्दैथे, भाइ र म बिस्तारै हिंड्दैथ्यौं। बाटोमा मिठाइ पसल आयो कि भाइ एकोहोरो टोलाएर हेर्थ्यो। पैसा पनि बोकेको थियेनौं हामीले, त्यो तातो तातो जेरीको बास्नाले असह्य हुन्थ्यो। मङलबजारबाट तल जाँदा त अलि अलि साँझ पर्न लागिसकेकोथ्यो। मुनुको दिदी आजै भेटाएर ल्याउनु छ।


बल्ल बल्ल मुनु एउटा गल्ली सकाएर ठुलो चोकभित्र छिरी, हामी पनि उसको पछि पछि लाग्यौं। चारैतिर नियाले पछि एउटा झ्यालमा देखाएर भनी "यही हुनु पर्छ त्यसको घर।"


"कसरि थाहा पाइस तैंले?" टिन्कुले सोधी।


"त्यो लोफरको कमीज सुकाको छ। त्यै कमीज लाएर हाम्रो घरको अगाडी बसेर मेरो दिदीलाइ हेरि रहन्थ्यो।"


"पक्का हो त?" मलाइ पनि शंका थियो।


"पक्का हुनु पर्छ। त्यो नखरमाउली त्यही होली।" मुनुले भनी।


"तर कसरी बोलाउने त तेरो दिदीलाइ?" टिन्कुले सोधी।


"नाम के त्यो केटाको?" भाइले डराँउदै मुनुलाइ सोध्यो।


"थाहा भये त भइहाल्थ्यो नि।" मुनु झर्की।


"भिनाजुको नाम थाहा छैन, घर थाहा छैन, यो हामी किन बेकारमा पदयात्रा गर्दैंछु दिदी?"
भाइले मलाइ सोध्यो। मलाइ नि दिक्क लागिसकेको थ्यो। हावाको भरमा हामी मुनुको दिदी फिर्ता ल्याउने अभियानमा हिंडेकाथ्यौं, भोक भोकै, थकाइले चुर भएर।


"बाबु!" मैले भाइलाइ एउटा जुक्ति सिकाए। भाइले नजिकैको चुप लागेर बसिरहेको भुस्याहा कुकुरलाइ पछाडिबाट जोडले एक लात्ती दियो। त्यो कुकुर "कुइं कुइं" गर्न थाल्यो र ठुलो स्वरले हामीलाइ भुक्न थाल्यो।  एकैछिनमा त्यो चोकभरिको ७-८ कुकुरहर्  "भौँ भौँ" गर्दै हाम्रो पछाडी आँउदैथे, भाइ प्रथम, म दोस्रो, टिन्कु तेस्रो र मुनु चौथो धावकको रुपमा रफ्तार दौडिदैंथ्यौं। त्यो २-३ अध्याँरा गल्ली कुकुरहरुले लखेटेपछि  एक अध्याँरो कुनामा हामी लुक्यौं र कुकुरहरु अगाडी भुक्दै गये। हामीले कुकुरहरुलाइ छकायौं। त्यसपछि "स्याँ, स्याँ" गर्दै मुनुले एकचोटि उसको घरमा फोन गर्ने बिचार गरी। बल्ल बुद्धि आयेछ मुनुको भन्दै हामी फोन गर्ने पसल खोज्न थाल्यौं। गल्ली बाहिर आएर एउटा पसलबाट फोन गरी।


फोन गरिसकेपछि निराश हुँदै भनी। "सरी यार!"


"किन सरी?" टिन्कुले सोधी।


"त्यसको घर त काठ्मान्डुको सुन्धारा पो रहेछ।" मुनु को बोल्ने शक्ति पनि क्षीण भइसकेको थ्यो।


"कसको?" मलाइ झन आश्चर्य लाग्यो।


"भिनाजुको क्या!" मेरो भाइले तुरुन्त जवाफ दियो, मुनुले एक्छिन सम्म भाइलाइ घुरेर हेरी।


त्यो दिन मुनुको "दिदी फर्काउ अभियान" सफल भएन।


क्रमश:


( थोरै समयमा हतार हतार लेखेको हुनाले भुलचुक भएमा माफ पाँउ। )


 


 


 


 


 



 

Last edited: 23-Feb-09 10:35 PM

 
Posted on 02-26-09 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि सिरियस लाग्यो अलि, अनि मलाई नि हाँस उठ्यो ....

अर्काको दु;खमा हाँस उठ्ने कति नराम्रो बानी है ??

 
Posted on 02-26-09 9:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एपी त ड्यान्जर भन्दा नि खतरनाक रहेछ त - झन्नै ८ क्लास मै झ्याइकुटी गर्न लाको क्रजी लाई -


अनी साचै क्रजी अस्ती मैले हानेको रातो अक्षता ले काम गर्न शुरु गर्‍यो त -


एसो खबर गरौ न है - चाजो पाजो मिलाउनु पर्‍यो -

 

>>यो लहरेले के लेखेर मेटाको? त्यस्तो डर लाग्ने मान्छे लेख्दै नलेख्नु नि। <<

अक्षता ले काम शुरु नगरिसकेको ले त्यो तीन वटा शब्द लेखेर मेटाको क्रजी।।।।

 

Last edited: 26-Feb-09 09:52 AM

 
Posted on 02-26-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले रुँदै भने "म बिहे गर्दिन।" ----कठै!! कस्तो माया लाग्यो


मैचा,  ठुलोबाबाले नै देख्ने गरेर कस्ले दोबाटोमा भिनाजुको भाईलाई कुरेर बस्नु भनेको थ्यो त?  


 


 
Posted on 02-26-09 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त पुरानै अभियान अझै अरुले पढ्दै गर्या होलान भनेर हेर्या थिएन यहाँ त माहा अभियान भईसक्यारैछ। 
एस्पाली त शुक्रबार पनि कुरेनछौ नि क्रेजी रिलिज गर्न लाई।
दुभै भाग धमाकेदार छ्, दोश्रो भाग पढेर अब त क्रेजी को पालो होला हैन भनेर लेख्न लाग्या थिए,तेस्रो नि रइछ
तेस्रो पढेर त बिचरी क्रेजी भन्या जस्तो लाग्यो,
अनी बिहे गर्नु भन्दा त म नि आँफै भागीदिन्छु भन्ने सोचर अर्को भाग मा टाप दिने त हैन तिमी नि कतै...जे के :D
साह्रै रमाइलो हुँदै छ्, ल अर्को भाग छिट्टो राख्नु ल।
-क्रेजी रिडर-
 
Posted on 02-26-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hare! Aviyan uhile nai sakisakyo bhanera nachhireko ta yo thread ma, ke hunthyo! Crazy le ta first post lai edit garera Bhag 1 banaidi sakya rahechha ni with "samapta" replaced by "kramasa:".

Second part le mari mari hasayo ni malai, "eh talai ke bhayo? kina testo bidhi haasdai chhas?" bhandai thiyo mero ru.pa. le. kasto hasauna sakya ni Crazy le.
 
Posted on 02-26-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अभियान त निक्कै अघि पो बढीसकेको रहेछ त। म त अरु पाठकको कस्तो प्रतिकृया आएछ भनेर हेर्न आएको त तेस्रो भाग समेत आइसकेको रहेछ। पहिलो भागमै समाप्त लेखेर पाठकहरुलाई झुक्क्याउन त भएन है। हुन त कथाकारको आफ्नै शैली होला हामी जस्ताले के जान्नु। सुनूँ न बरु अनि के भयो भनेर।      

 
Posted on 02-27-09 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग-४


आँसु पनि सरुवा रोग जस्तो हुँदोरहेछ, मेरो रुवाइ आफै फुटेकोथ्यो, भाइ त पक्कै पनि ठुलोबुबाको खुट्टा नजिक परेकोले पनि डरले रोएको हुनु पर्छ। ठुलोबुबाले खुट्टा मात्र चलाए पनि भाइलाइ लाग्थ्यो, पिट्नै पर्थेन। बहिनीहरु आतंकित भएर रोएकाथे। ठुलोआमा दिदी भागेदेखि पुत्रिबियोगमा हाम्री आमा र काकीसङ रोइरहनु भएकोथ्यो। जे भएपनि आमाको मन सन्तानको पीरमा डुब्ने नैं भयो। बुबा र काका चिन्तित देखिनु हुन्थ्यो, तर रुनु भएको थिएन। लोग्ने मान्छे हुनुको प्रतिष्ठा जो थियो। ठुलोबुबा अर्थात एपी रोदनको बाताबरणमा अलि गम्भिर हुनु भयो। केहिबेरको मौनतापछि अलि नरम स्वरमा भन्नु भयो।


"तिमीहरुलाइ के थाहा सन्तानको लागि हामी कति दुख गर्छौ? यत्रो राम्रो शिक्षा दिक्षा दिदाँदिदैं पनि कान्छु (भाग्ने दिदीको प्यारो नाम) हाम्रो नाक काटेर गइ। बिहेको कुरो चलिरहेको बेलामा एक बचन केहि भनिन। अहिले सुटुक्क त्यसरी पोइला जाँदा मेरो मनमा कति चोट लागेको छ तिमीहरु अनुमान पनि लाउन सक्दैनौं। शत्रु हसाइं त्यसले। इज्जतको वास्ता नगरी भोली के हुन्छ नसोची हामीलाइ डुबाएर गइ।"


"जे हुनु भइसक्यो दाइ, अब यीनीहरुलाइ त्यसको सँजाय दिनु हुन्न। एउटा फुल फुट्दैमा सबै फुट्दैनन्। हजुर चिन्ता नगर्नुस्। कान्छा र म छौं निं केहि परेमा।" मेरो बुबाले केहि राहतको कुरा गर्नु भयो।


एकछिन एपी फेरि मौन हुनु भयो, भाइले टाउको उठाउने साहस गरेको थिएन, गर्धन सीधा गर्नासाथ त्यस्को एपीसङ आँखा जुध्थ्यो। भुंइ कोतरेर बस्यो। कोठामा रुवाइ मन्थर भइसकेकोथ्यो। कान्छुदिले एउटा गल्ती गर्नु भएको थियो। उहाँले कसैलाइ पनि आफ्नो प्रेमको बारे जानकारी दिनु भएको थिएन। ठुलिआमालाइ मात्र भन्नु भएको भए पनि बिहेको कुरो त्यति धेरै अघि बढ्दैनथ्यो।  केहि बेर सबै चुप लागेपछि ठुली आमाले माइत आएकी दिदीहरुलाइ सबैलाइ मिठो चिया बनाएर ल्याउन भन्नुभयो। दुबै दिदी माथि गए।


"अब उनिहरुलाइ कुन मुखले कुरा गर्नु त माइला?" एपीको लक्ष्य केटापक्षलाइ के जवाफ दिनु भन्नेथ्यो।


"कुरालाइ लुकाएर लुक्दैन, जे भयो त्यही भन्नु पर्छ। माफी माग्नै पर्‍यो। यो कुरा कान्छा र म भएर मिलाँउला।" मेरो बुबाको कुरामा काकाले पनि "हो, हो" भन्दै सहमतिमा टाउको हल्लाउनु भयो। कान्छा काका बोल्दै नबोल्ने, तर अरुको कुरा गहिरिएर सुन्ने गर्नु हुन्थ्यो।


दिदीहरुले चिया र बिस्कुट ल्याउनुभयो, चियासङै कोठाको बाताबरण पनि ताजा हुन थाल्यो। एपी हामीलाइ हेर्दै कुरा गर्न थाल्नु भयो।


"बुझिस् माइला! यसपाली पनि क्रेजीको मार्कशिटमा रातो फुलबुट्टा आयो भने यसलाइ बिहे गरेर पठाउनु पर्छ।" ठुलोबुबाको  ठट्टा थियो त्यो, बुबाले केहि भन्नु भएन। एपीको मुड चेन्ज भएको देखेर मैले पनि प्रतिबाद गरें।


"नाँइ, म त बिहे कहिल्यै गर्दिन।"


"तेसो भये आफै लव गर्छेस् त?" एपीले कठोर भएर सोधे।


"गर्दिन।" मैले शिर निहुराएर भने।


"हाम्रो नाक काटेर आफै भागेर जान्छेस् त?" एपीले छोरी पोइला गएको घाउलाइ फेरि आफै कोतरे।


"जाँदिन।" मेरो मुखबाट उस्तै प्रतिबधता निस्क्यो।


"हामीले भनेको मान्छेस् त?" अर्को प्रश्न तेर्सियो।


"मान्दिन।"  म त गर्दिन, जाँदिन भन्या जस्तै गरेर मान्दिन भनेछु। कोठामा सबै स्तब्ध, भाइले चाहि कुइनाले मलाइ हानिरह्यो। मैले नि भाइलाइ आँखा तरें, आखैँले किन कुइनाले हानेको भनेर सोधें। एपीको अगाडी मुखले सोध्ने ताकत कस्को?


"के रे?" एपी ठुलो स्वरले गर्जे।


त्यसपछि बल्ल थाहा पाँए मेरो उत्तर गल्ती भइसक्या रैछ। लौ न अब ठुलोबुबाले खर्ल्याप खुर्लुप निल्ने जस्तो लाग्यो मलाइ। मुख सुख्यो, घाँटि कोक्क्यायो। ठुली बहिनीले मेरो कानैमा आएर सासै सासले भनी "मान्छु भन। मान्छु भन।"


"मान्छु भन।" भन्न पुगेछु हतारमा। जे ठुलीबैनीले भनेकी त्यही। फेरि मिस्टेक, ठुलोबुबाको आँखाबाट आगोको लप्का निस्किन लाग्या जस्तो भयो। अन्तिम प्रश्न नबुझी मैले जवाफ दिएछु। गल्ती गरेपछि सच्याउनु त परि हाल्यो।


"सरी ठुलोबुबा! अबदेखि हजुरहरुले जे भन्नु हुन्छ त्यहि मान्छु।"


एपी त हाँस्न पो थाल्नु  भयो बेस्सरी, भाइले बल्ल टाउको उठाएर हेर्‍यो। सबै जना ठुलोबुबाको मुड देखेर छक्क परे तर उहाँमा अलिकति भएपनि तनाब कम भयो जस्तो लाग्यो हामीलाइ। मौकामा भाइले मलाइ खुसुक्कै भनि हाल्यो। "अमरिश पुरीको हाँसो खतरा हुन्छ दिदी। मलाइ त शंकै छ।"


"ल सुन तिमीहरु!" एपीले हामी केटाकेटीहरुतिर हेर्दै भन्नु भयो।


"तिमीहरुले आजदेखि के के गर्न हुने र के के गर्न नहुने भन्ने नियमहरु आफै छलफल गरी बनाएर ल्याउने।"


परेन त आपत। भाइको शंका साँचो थियो। हामीहरुले हतार हतार पहिलो नियम बनायौं।


"१. कहिले पनि भागेर बिहे नगर्ने।"


"केटा मान्छे पनि कहिं भागेर जान्छ त?" भाइले प्रतिबाद गर्‍यो। फेरि नम्बर एक संशोधन भयो।


१. कहिले पनि भगाएर वा भागेर बिहे नगर्ने।


समाप्त!

Last edited: 27-Feb-09 02:59 PM

 
Posted on 02-27-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अनी तेतिबेला देखिको कसम अहिले सम्म नतोडेको हो त जस्तो लाग्दइन है मलाई।                          जे होस, मन भरियो मजा आयो।


यु रक क्रेज
विकेन्ड रमाइलो सँग बित्ने भयो।


धन्यवाद।


 
Posted on 02-27-09 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha, ramailo rahechha katha. Crazy ko prastuti ko ta jhan ke barnan garnu ra khoi, fastaclas chha. Crazy le 8 kachhya bata padna suru gareko ho ki kya ho tyo ghatana pachhi if it was a real story?
 
Posted on 02-27-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यतिबेला को कसम अहिले तोड्छ क्रजी ले -


अक्षता ले पनि हिर्काइसके, चाजो पाजो पनि मिलाइसके -


ल भन कहिले उड्ने हो त - म त तयार छु


आज भए आजै - भोली भने भोली -



अनी लास्टाँ समाप्त हटाएर अरु थपे अझै कथा राम्रो हुने मेरो अनुमान मात्र नभै विश्वाश पनि छ।।।।


 
Posted on 02-27-09 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

C.L. जी,
कथामा मज्जाको  Humor रहेछ, शुक्रबार रमाइलो बनायीदिनु भएकोमा धन्यवाद ।
 
Posted on 02-27-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो ज्ञानी ल हर्के हेर! मागि बिबाह त्यो पनि आमाबुबाले भनेको केटीसङ। यस्तो पो हुनु पर्छ बिहे भनेको। होइन त हर्के?


रिट्ठेले ढोका खुलेर लहरै भन्या होला लहरे लेखेछ, म चाहि काँबाट लहरे आयो भन्दै हेर्दैछु क्या?


चेलि, हो त आँसु र हाँसो त हो नि जिन्दगानि!


त्यस्ता अक्षताले काम गर्ने भए त लहरे। सलमान खानको अहिले कति वटा बिहे हुन्थ्यो। तैपनि हाने पछि अक्षता मात्र किन, चामलको बोराले हान न, अझै दालको बोरा पनि छ भने त्यसले पनि हान। भात पकाएर खान्छु।


मेटिसक्या कुरा जति अक्षर भए पनि के मतलब?


दिपु,


भिनाजुको भाइलाइ त दोबाटो हो त झ्यालबाट लोला हान्नया नि।


बिस्टे,


नियम बनाँउदैमा पालना गर्नु पर्छ भन्ने कहाँ छ र होइन त?


तिम्रो सप्ताहान्त पनि राम्रो होस्।


ctal


हाँस्नु भएकोमा धन्यबाद। मैले त तपाइको साथिको नाम रुपा रैछ भनिरा भरै त रुम पाटनर पो रहेछ जस्तो लाग्यो। हे हे हे


हो त, मैले एक भागमा हतार गरेर सकाउन लाग्या तर समय अलिकति रहेकोले फेरि केहि भाग थपेको।


चिप्ले,


मैले भाग-१ लेख्दा समय एक्दम नपुग्ने भएर समाप्त लेखें, तैपनि अरु भाग लेख्ने मन थियो। त्यहि बेला केहि समय फेरि निस्क्यो अनि समाप्त एडिट गरेर क्रमश शुरु गरें। हुन त नाम मेरो क्रेजी छ है?


प्रतिक्रियाको लागि धन्यबाद!


 
Posted on 02-27-09 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ctal,


यो घटना साँचो हो तर पढाइ भन्या त मेरो लागि उहि हो साथी। जाँच सम्झ्यो कि टाउको दुख्छ।



लहरे, तिमी पाइलट हो? कि चरा हो? उड्ने भन्या छ उड्ने भन्या छ खालि।


यो लहरेको हात खुट्टा भाँच्नु पर्छ भन्ने मलाइ पूर्ण बिस्वास छ।



भक्ते जी,


तपाइको प्रतिक्रियाको लागि धेरै धेरै धन्यबाद।


 
Posted on 02-27-09 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे हे हे क्रेजिको कथा रमाइलो हुन्छ । तर त्यो अमरीश पुरी कति छिटो पग्लिने जिनिस रैछ, कादर खान जस्तो । है है है ?

 
Posted on 02-27-09 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस् क्रजी ले के ताल बनाइदियो मेरो - यो त भेन


हात खुट्टा त भाँच्यो भाँच्यो - आँखा चाँही किन फुटा नि


दाँत पनि झार्द्यो - मार्यो मुँइचाले मार्यो


आयाsssssss बाबाsssssss



जित्ना भि तु कर्ले सितम
हँस हँस के सहेगे हम
ए प्यार ना हो गा कम
मुँइचा तेरी कसमा
होsss हो
मुँइचा तेरी कसमा  



 
Posted on 02-27-09 4:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रेजीलाई स्वस्ती गर्न आको यता चैं म। लेख्या पढ्न चै भ्याको छैन। त्यो पनि गर्नु पर्छ अब।
 
Posted on 02-27-09 5:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lol Lahare LOL
 
Posted on 02-27-09 6:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


आज यो लहरेलाइ म छोड्दै छोड्दिन। जे पर्ला पर्ला।


ओ, डरछेरुवा! काँ लुक्या? ल यो सितम पनि झेल।


 
Posted on 02-27-09 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

CT,


धन्यबाद! मिठो प्रतिक्रियाको लागि।


दीप,


दुइ हात जोडेर मैले पनि नमस्कार फर्काँए।


 
Posted on 02-27-09 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याssssss  कहाँ हानेको यता छु म

छाती मा हान यता यता

कन्सन्ट्रेट गर फोकस फोकस

जती भने नि नहुनी यो केटी लाई कहाँ माथि माथि हानिरा

बन्दुक चलाएर खाँदैन यो केटीले

ल भयो गोली  नै हान्ने होइन मलाई - त्यसोभए किन  बन्दुक चाहियो

आँखा प्रयोग गर ल - आफुलाई आउने चिज पो गर्नु पर्छ -

आँखा बाट गोली हान ल मुँइचा

अखियोसे गोली मारे
मुँइचा कमाल्की
अन्खियोसे गोली मारे
ढिट्याउssssssssssssssssss

Last edited: 28-Feb-09 10:29 AM

 



PAGE: <<  1 2 3 4 5 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters