[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 नेपाली गजल क्रमश: ........

[Please view other pages to see the rest of the postings. Total posts: 161]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Keywords associated with this thread

nepali poem song gazal lochan rijal
[VIEWED 167972 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 02-25-08 6:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले जे होस् सबैलाई धन्यबाद दिनै पर्छ positive criticism, encourage र गाली गरेर मलाई सुधार्ने चेष्टा गर्नेहरुलाई -

 

पूराना धागाहरु

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=22595

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=25330

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=50699

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=56095

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=53896

 

र नंया धागो शुरु गर्दैछु !

 

गजल

 

नतीजा ननिक्लने प्रयोग तमाम  छन् !

फेरी गरिन थालेका उस्तै ब्यायाम छन् !

 

गुटमा सामेल नगर्नुको रहस्य के ?

मेरा नाम पनि त उत्तिकै बदनाम छन् !

 

गन्तब्य देख्दा देख्दै नत्र किन रोकियौं ?

अरु कसैका हातमा हाम्रा लगाम छन् !

 

सडकै घर भए पछि कहां नै पुग्नु छ ?

तैपनि यता र उता जानु पर्ने काम छन् !

 

नमच्चिने पिङ्गमा झुण्डिने झुण्डि नै रहे 

झट्का लाउन सक्ने जति ठण्डाराम छन् !

 

 
 
Last edited: 25-Feb-08 07:51 PM
Last edited: 02-Mar-08 01:42 PM

 
Posted on 03-14-08 6:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद वाका र नेपे जी

+

+

+

एउटा अर्को शेर (रात भरको उपलब्धी)

 

जिउदो  मूर्दा जे सुकै होस्

-तस्बिर मेरा टांसेर गयो !!

(Wanted dead or alive !!)


 
Posted on 03-16-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले अलि पूरा भए जस्तो छ-

 

 

नदीमा बांध बांधेर गयो !

डुबेको गाउं हेरेर गयो !

 

बुंख्याचाले सुने जस्तो ग-यो

नेता भाषण ठोकेर गयो !

 

निर्णय चाहिएथ्यो अहिलै,

बिचार गर्छु भनेर गयो !

 

खुवाई राख्यो पिलायो जस्ले

उसैको कुरा काटेर गयो !

 

कल्ले भन्यो बाटोमा उभिन ?

गाडीले हिलो छ्यापेर गयो !

 

चलन उस्को पूरानो उही

खाकै थालमा चुथेर गयो !

 

सिफारिस पद उन्नतीको-

अयोग्य खुट्टा तानेर गयो !


 
Posted on 03-17-08 4:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shirish जी,
केही ब्यस्तताले गर्दा तपाईंको गृहकार्य समयमा गर्न सकिन, त्यसको लागि माफि चाहन्छु। मैले नयाँ रचना कोरेको छु। कस्तो छ प्रतिकृया पाउ है


 

रुखो भए बोलि-चाली, बोल्नु हुन्नथ्यो

मनका कुरा थाती राखी, खोल्नु हुन्नथ्यो

 

सम्झनाको तस्बिरहरु क्यानभासमा राखेर

छता-छुल्ल भुईमा पारी ,पोल्नु हुन्नथ्यो

 

एउटै थियो प्रण हाम्रो सगै जिउने-मर्ने

तराजुमा आज राखेर, तोल्नु हुन्नथ्यो

 

जिउनु पर्यो सम्झनाको तस्बिर अंगालेर

बिष मायामा दुबैले, घोल्नु हुन्नथ्यो

 

रुखो-सुखो भई हाल्छ जीवन गोरेटोमा

आबेशमा दुबैले खुर्सानी, मोल्नु हुन्नथ्यो


 
Posted on 03-17-08 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Posted on 02-27-08 9:57 PM     Reply | Notify Admin
 

Uptowngal

Thanks for reading..I am honored.If given chance I don't mind volunteer to be your personal ghazal coach. ;-))



Really Shirish dai.

 
Posted on 03-17-08 7:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



Posted on 02-27-08 9:57 PM     Reply | Notify Admin
 

Uptowngal

Thanks for reading..I am honored.If given chance I don't mind volunteer to be your personal ghazal coach. ;-))


Really shirish dai
 
Posted on 03-24-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



गजल


नेपे Guru को स्वरमै सुन्ने हो भने - www.khasskhass.com
अडीयोले गर्दा मैले गल्ती सुन्या र'छु भने क्षमा चाहन्छु र सच्चाई पाम् !




चन्द्रमामा दाग देखें !
तिम्रो मेरो भाग देखें !



सस्ता कुराको नै बेसि
बजारमा माग देखें !


जहां बैरभाब देखें
त्यहां अनुराग देखें !




म पछाडी को आयो हं ? 
ईशारा चूप लाग देखें !



दिउसो ठूटो देखेको 
रातमा चिराग देखें  !




रङगी चङ्गी फूललाई
बाखरा (?)को साग देखे !




मजूरको प्वांख खस्दा 
"दीपु"लाई काग देखें !



 
Posted on 03-24-08 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shirish dai,

                   Monday assembly suru garna lako ho ki kya ho tapai le?

 

 


 
Posted on 03-24-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेपे गुरु

मिसरामा "मिसरा-ए- उला" र "मिसरा-ए-सानी" पनि आफैमा पूर्ण हुनु पर्दैन र भन्या ?

यदि हो भने केही शेरहरुमा बदलिको माग देखें !

e.g. रङगी चङ्गी फूललाई...

सस्ता कुराको नै बेसि...


 

 

 






 
Posted on 03-24-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष,

मिसरा आफैमा पूर्ण हुनुपर्ने मान्यता मैले सुनेको छुईन है । पहिलो मिसराले विषयको उठान गर्ने र दोश्रो मिसराले त्यसलाई पूर्ण गर्ने सम्मको विभाजन सम्भव छ ।  छोटा बहरको शेरमा त्यस्तो विभाजन सधैं सम्भव नहुने त स्पष्टै छ र त्यसो हुँदा अविभाजित स्वरुपको शेरलाई पनि समावेशी सम्मान दिनुपर्छ भन्ने मलाई लाग्छ ।

Nepe


 
Posted on 03-24-08 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन मनाउनु पर्ने होला जन्म दिन
आनन्दित थियो अज्ञानतामा यो तन 

स्कुल प्राङणमा कपर्दी खेलेको
फुटबल चौरमा कुटाकुट गरेको

घरबाट झोला झुन्ड्याइ स्कुल गएको
तर बिचै बाटोबाट चलचित्र हानिएको

थिएन खुट्टा बाटोमा खुशी मग्नले 
एल एल सि परिक्षा उतिर्ण हुँदाले

हिजै जस्तो लाग्छ कलेज गएको
आलै छ मस्तिस्कमा ग्याङ फाईटको

बितिरहेका थिए दिनहरु  अज्ञानतामा
समयको फड्काईमा पुगीईएछ प्रौढतामा

घोत्लीरहेछु म आजभोलि
प्रौढताको आभास बोकी 

किन मनाउनु पर्ने होला जन्म दिन
रमिरहेको थियो अज्ञानतामा यो मन


 
Posted on 03-24-08 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

syanjali

राम्रो दोहा जस्तो लेख्नु भएछ !  हनुमान चालिसाको स्टाइलमा ......

नेपे गुरु,

त्यत्रो शेरहरु त्यति राम्रो लेख्न सक्नेले अरु दुईटा लेख्नु हुन्न भन्ने लाग्दै लाग्दैन मलाई !

फर्केर घर आए देखि गजलको स्टाईलहरु हेरेर बस्या छु !. 

बरु तपाईको शेरमा यस्तो छुद्र प्रयास गर्या छु -

" सस्तो माल किन्न सक्ने

बजारको माग देखें "

सस्तो मालको माग हैन कि सस्तो माल किन्ने उपभोक्ताको माग - बजारमा!

 

छोटो लेख्नु को समस्या पनि बुझिदै छ !

 

Last edited: 25-Mar-08 09:33 AM

 
Posted on 03-25-08 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It was bugging me for few days and finally I could come out with some thing...

 

What if your heart , which remains in the body cavity in the dark, demands light???

 

मुटुले उज्यालो मागेको, सुन्दै थिएं !

घाईते हुने या चिरिने, चुन्दै थिएं !

 

चुम्न नै नमिल्दा खेद त, हुने भयो

बिषादि युक्त आफ्नै थुक, थुन्दै थिएं !

 

उत्तर नदिदा कंहा म मौन थिएं ?

दुखाई कसरि सहिन्छ, गुन्दै थिएं !

 

जालमा फसि न कसैको हुन सकें

निकम्मा भईयो प्वाल पो, बुन्दै थिएं !

 


 
Posted on 03-25-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर नदिदा कंहा म मौन थिएं ?

दुखाई कसरि सहिन्छ, गुन्दै थिएं !

 

शिरीष गुरु गजब गयो! नयाँ धागो सुरु गर्नु भएको रहेछ, यो धागोमा अझै गहकिला गहकिला रचनाहरु आऊन भन्ने शुभकामना छ।

 

चुम्न नै नमिल्दा खेद त, हुने भयो

बिषादि युक्त आफ्नै थुक, थुन्दै थिएं !

 

वाह!


 
Posted on 03-25-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Shirish Dai!! Great going there!!

 

Loved this Sher the most!! :-)

 

उत्तर नदिदा कंहा म मौन थिएं?

दुखाई कसरि सहिन्छ, गुन्दै थिएं!

 

वाह! वाह!


 
Posted on 03-25-08 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank You Birkhe and Camoflaged.

Actually, I ran out of Quafia. (which turned out to be difficult one).

 

Birkhe,

Wishing you a conjugal bliss.

 

 


 
Posted on 03-25-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्तर नदिदा कंहा म मौन थिएं ?

दुखाई कसरि सहिन्छ, गुन्दै थिएं !

वाह वाह !

झकास छ गुरु। अरु शेर नि मज्जाका लागे। 


 
Posted on 03-25-08 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटुले उज्यालो मागेको, सुन्दै थिएँ !

घाईते हुने या चिरिने, चुन्दै थिएँ !

 

गज्जबको गयो । Perfect मतला compose गर्न वास्तवमा सारै कठीन हुन्छ  । तर यहा त्यो काम सहजताकासाथ भएको छ । Near-perfect.

 

चुम्न नै नमिल्दा खेद त, हुने भयो

बिषादि युक्त आफ्नै थुक, थुन्दै थिएं !

 

जुन moment लाई कैद गर्न खोज्या हो त्यसलाई अलि बढी precision का साथ pinpoint गर्‍या भए बढी बोधगम्य, बढी अनुभूतिगम्य हुन्थ्यो कि ? अनि विषादि अलि बढी negative सुनियो त्यति रुमानी पृष्ठभूमिमा । त्यसको ठाममा अलि नरम विकल्प खोज्न सकिन्थ्यो कि ? Unkosher, जुठो, अमलेख (मुक्त), dirty यस्तै यस्तै ।

 

उत्तर नदिदा कहाँ म मौन थिएँ ?

दुखाई कसरी सहिन्छ, गुन्दै थिएँ !

 

वाह ! वाह !

 

Nepe


 
Posted on 03-26-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Nepe, Bhaute

Thank you for your comments.

Nepe,

Actually one of readers to whom I forwarded that gazhal also commented

"tara Thuk ke gajalko mithas ma thuk lagaidiyo"

 

 

 
Posted on 03-27-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Under construction:

Sneak Preview...

 

प्रत्येक यात्रीको गति, रोक्दै हिड्छौ रे  !
नजाने गांउको बाटो, सोद्धै हिड्छौ रे !
 
सुन्दैछु आफ्नै बारेमा, थाहा नपा'का
नभा'का कुरामा सही, ठोक्दै हिड्छौ रे !

 

Coming to you soon re kya

 


 
Posted on 03-27-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष ब्रोको गजलहरु त सधै झकास! क्या फुर्ने हो भन्या!!

लु दाई, यी दुईटा चाँहि हजुरका शेरहरुमा अनुप्रास मिलाउनलाईमात्र है! नमिल्या भए फ्याँक्न मिल्ने सहमतिमा!

लिलाम बढाबढ हुदैछ भन्छन् मायाको
नवप्रेमीहरुका पकेट, जोख्दै हिड्छौ रे!

रित्याइ मलाई बाढीले आफ्नो इच्छाको
सुन्छु गोहिको आँशु, पोख्दै हिड्छौ रे!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Embassy of Nepal might be able to help extend TPS for Nepal
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters