[Show all top banners]

SaruBhakta-II
Replies to this thread:

More by SaruBhakta-II
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 MERO KABITA - "BHAUTE"

[Please view other pages to see the rest of the postings. Total posts: 310]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 165788 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 06-18-05 3:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो स्याङजा: मेरो सम्झना
(शिखरिणी छन्दमा)

छुदै माताजीका, चरणतलमा, जान्छु म भनी
रुदै आज्ञा दिन्छिन्, दुखित मनले, पुज्य जननी ।
म आएँ पाताल्मा, तर मन उतै, बाल्-हठ गरी
सयर् मै स्याङ्जाका, एक एक गरी, स्वर्ग नगरी॥
(१)
कुभिण्डे, नौडाँडा, सकल पथका, भीर पहरा
उकाली ओराली, अनि निकटका, स्वच्छ छहरा ।
छिचोल्दै राङ्खोला, अलि पर झरी, मिर्दि बगर
दिसिँकोट्, चापाकोट्, वरपर बिते शैशव-पला ॥
(२)
पहाड्की चेली शीतल जलभरी, काँस-करुवा
दरौँ की शिर्वारी, हर क्षण तयार्, पुज्न वटुवा
बुलाँकी नाकैमा, झलमल परी, पल्टन हुँदी ।
मसक्कै मस्किन्थिन्, उपल घरक,गुर्सिनी दिदी ॥
(३)
असार्-साउन् बर्षा, रुझि रुझि म खेल्थे अनमत्तै
सुसाम्थ्यो सल्लेरी, रति भर नमान्ने डर कतै ।
घमण्डी थी आँधी, नसुनु यसको, कल्कल उता
उठाम्थी यो वासै, क्षण भर सुनाम्थी अहमता ॥
(४)
उषा गुथ्दै पस्थी, हिमसगरमा, स्वेत पगरी
मलेङ्कोट् पाखैमा, ढकमक हुने, पुष्प लहरी ।
अँधेरी खोल्सी ती, छङ छङ धरी, संगित कडी
अहोरात्रै बित्थे, घुमि म तटका, कुञ्ज रमणी ॥
(५)
कता अल्झिस् "भौते", किन सुरु भए, यी उँध-गति
धरा यस्तो त्याग्ने, कुन दिन भयो, धृष्ट कुमति ।
म जाउँ त्यो स्वर्गै, पनि नसकिने, विर्सन रति
म जन्मेँको माटो, दिन दिन गएँ, सम्झन अति ॥
(६)
*** *** *** ***
:)
-भउते
 
Posted on 06-22-05 10:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हँसाए पण्डितले।

पण्डित नानीले के सोच्या रेऽछन् र त्यस्तो।
तर मैले त यो "गुथ्दी" नबुझेको ल ।
गुत्थी पो रे छ।
हैन र?

>"स्निघ्न शान्त"
शिखा हो यो मैन वत्तिको, (भुपि शेरचन) बाट २ शब्द सापट लिए जस्तो छ, तिर्देऊ रे क्या हा हा हा ।
चापाकोटका मैले २ जनालाई चिन्छु। एउटा भउते अर्को भउते।

 
Posted on 06-23-05 3:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए यि चाउकोटे भउते त गज्जवको गजलकार रे'छन गाँठे।

अब त जाँच सकिहाल्यो। दिनको एउटा गजल/कविता लेखेर साझाँ पोष्ट गरम खुरुक्क :)
 
Posted on 06-23-05 8:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेको घच्ची गजल देखेर यि शिरिष जबाप लेख्न जुर्मरायो

होइन, बरु हामी लाबारिस गजल लेख्न खोज्ने हरुको सगठन बनाउन सकिन्न भन्या

अलिक हओसला मिल्थ्यो कि?

 
Posted on 06-23-05 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते पनि क्याऽऽऽऽ! म चईं चरो जस्तो देखियो कि के हो र मेरो गुँड कता भनेर सोध्नी? अब, कुरो एउटा गर्नै पर्ने भए, हरेक बिहान अण्डा चईं पार्छु म। तेई ट्वाईलिट हो त मेरो गुँड? :D

साँच्ची भन्दिम् त म कता को? गीत बाटै शुरु गर्दिम् कि? म पनि "चन्चले, चन्चले, गण्डकी अञ्चले!" ;)

गजरकोट गा. बि. स.
तनहूँ जिल्ला, क्षेत्र ३
गण्डकी अञ्चल।

साईडमा मुहमी/साँखर, स्याङ्जा,
मुनि फाटाँ बैडी, तनहूँ,
अनि अलि पर फाटाँ रामपुर, पाल्पा।

ससुराली त अन्तै हो नि फेरि! जन्ती लेर आईपुग्लाऊ गजरकोटै फेरि साली लान! :p
 
Posted on 06-23-05 6:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे दादा, त्यो सापटी हैन ऋण नै ले'को हो, मैनाबारी पाँचका दरले बकाईदाले तमसुक लेखा'र। अब साँवा ब्याज सबै माथि नै गएर बुझाउनु पर्ला भुपि दाइलाई। :) अनि त्यो अर्को भउते को हो हँ तपाईले चिनेको?

न्यु युजर बुरो, साँझ बिहान नै एउटा एउटा कविता/गजल साझातिर टाँसम्ला भन्ने कत्रो पलान छ याँ, कहाँ दिन को एउटा मात्र । :P अँ साच्चि आजकल युके तिर बाट भान्जाले फुन गर्याछैनन् भुन्या।

शिरिष जी, धन्यबाद है, के का घच्ची हुनु नि, तपाईको नक्कल गर्दै लेख्या के। अब नढाँटीकन भुन्नेहो भुने मलाई त्यो गजल को "ग" पनि था'छैन ल। बरु मुख्य मुख्य (बिर्सनै नहुने) नियम हरु बताइदिनु भए म सारै आभारी हुन्थेँ ल। लेखिराखे पछि बुढीलाई सुनाउन काम लाग्छ कि भनेर के,१-२ डाडु-पन्यो बचाउँला कि भन्ने आस त हो नि (अरुले त सुने पो सुनाउनु) :)
अनि त्यो सङ्गठन भने पछि त मेरो त सातै जान्छ नि हउ। फेरि यस्ता बेलाँ सङ्गठन खोल्दा नेपालाँ नगरपालिकाको चुनाउ मा भाग लिन जानु पर्ने पो हो कि फेरि :P। तै नि कुरा चै मुनासिब हो है।

पुन्टेदाइ त भेना पो परेछन् गाँठे। अब हाम्रा गाम् का चेलि सिद्ध्याका त्यै गजरकोटेले त हुन् नि यार। होइन, सालीलाई डोकोले थुनेर राखेको हो कि के हो? जतिखेर नि पिरै पिर छ त।

:)
-भउते
 
Posted on 06-23-05 6:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-25-05 11:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
Waiting for the next... ... ...
 
Posted on 06-26-05 1:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Abuii kasto complex poem and Gazal, Bujhnai garo bhayo ....but it sounds pleasing to read :)
 
Posted on 07-09-05 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, यो चाहिँ तपाई प्रति समर्पित :)
नेपेजी अरु कुरा छाडेर मुख्य नियम पालन भो कि भएन यहाँ, हेर्दिनु भे आभारि हुन्थेँ म।

"भउतेको गजल-२"

कात्रो भनि घृणा नगर म त पवित्र वस्त्र हुँ
बिष्टा मै उम्रेँ, घाँसै सही, तर तुलसीपत्र हुँ


म हुँ नरिवल, तिमी बाँदर भए त के लाग्यो
युद्ध हैन शान्ति बहाल गराउने म अस्त्र हुँ


साह्रो ढुँगा हुँ त के भो आखिर म हुँ शालिग्राम
चिने अमृत मै हुँ नचिने तातो अलकत्र हुँ


बसे चौतारी यहि नै हो, नबसे ढिस्को केवल
शित्तल होइन घाम-पानी छेक्ने सानो छत्र हुँ


मात्रा उनै, शब्द अनेक, केवल रोजाइ तिम्रो
अभिशाप होइन म विशुद्ध गायत्री मन्त्र हुँ


:)
-भउते

 
Posted on 07-09-05 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रंगि बिरंगी गजल ;) ल खतरा छ , म त बटुलेर आफ्नै नाममा निकालुँ कि क्या हो ।

अनि, के हो विष्णु भक्त हो कि क्या हो ! सबै विष्णुको नाममै छ यार गजल पनि ।

मलाई त स्वस्थानि को ढुङ्गा हुनु परोस् , घाँस हुनु परोस , रुख हुनु परोस् भन्ने याद आयो ।
 
Posted on 07-09-05 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेजी,

गजलका अनिवार्य दुबै नियमहरु- 'बहर' (meter) र 'काफिया' (mono-rhyme)- को पूर्ण परिपालना भएको छ, तपाईको पछिल्लो गजलमा । बधाई छ ।

तपाईको अघिल्लो गजलमा 'बहर' टुटेको छ र 'काफिया' पनि । 'बहर' मा एकरुपता ल्याउन एकाध शब्दहरुमा थपघट गर्नु पर्नेछ । 'काफिया' मिलाउन त 'मतला' को केवल एउटा शब्द परिवर्तन गरे पुग्छ । 'दर्फरायो' को साटो 'चह-यायो' वा 'चहरायो' राखिदिनुभयो भने खेल खतम ।

 
Posted on 07-10-05 6:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कात्रो भनि घृणा नगर म त पवित्र वस्त्र हुँ
बिष्टा मै उम्रेँ, झारै सही, तर तुलसीपत्र हुँ

यो तिक्षणताले कसैलाई ठोस्यो त के भो
म त बिचरो थुम्कोमा फल्ने कुसको एक पत्र हुँ


(चल्लो भन्दा फूल बाठो।)
 
Posted on 07-10-05 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहहा होहोहोहोहो हेहेहेहेहेहेह

हसाए यार केटाहरु ले
 
Posted on 07-10-05 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसे चौतारी यहि नै हो, नबसे रुख केवल
घाम-पानी छेक्ने र शित्तल दिने म त पिपल हुँ
 
Posted on 07-10-05 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाका तिर कुशाँ पात फल्न कैले देखि थाल्या हो ? :)
पण्डित जी, मेरा लइन फालेर हजुर्का राख्नु पर्ला जस्तो छ, धन्यबाद है।
:)
-भउते
 
Posted on 07-21-05 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखिहालियो, अब पाठकलाई रुचे पनि नरुचे पनि पस्किनै पर्यो।
"भउतेको गजल-३"

मध्यान्हमै आँखा भुसुक्क नहोस
स्पष्ट होस काम खुसुक्क नहोस

क्रान्तिको ज्वाला अझ दन्किनु पर्छ
फुसको आगो झैँ फुसुक्क नहोस

आगनको विस्कुन अल्पत्रै छाडि
"ग्रीन सिग्नल" मै लुसुक्क नहोस

फुटे गोबर मिल्ला, जुटेमा राज्य
भाइ-भाइ बीच छुसुक्क नहोस

सम्झौतामा सधैँ धोका नै त हुन्छ
भागबन्डा गरि ठुसुक्क नहोस

अट्टहासले मरुन् बचे खुचेका
विजयको हासो मुसुक्क नहोस


हे हे, पढ्देको ? धन्यबाद है। :)

-भउते


 
Posted on 07-21-05 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखिहालियो, अब पाठकलाई रुचे पनि नरुचे पनि पस्किनै पर्यो।


"भउतेको गजल-३"

मध्यान्हमै आँखा भुसुक्क नहोस
स्पष्ट होस काम खुसुक्क नहोस

क्रान्तिको ज्वाला अझ दन्किनु पर्छ
फुसको आगो झैँ फुसुक्क नहोस

आगनको विस्कुन अल्पत्रै छाडि
"ग्रीन सिग्नल" मै लुसुक्क नहोस

फुटे गोबर मिल्ला, जुटेमा राज्य
भाइ-भाइ बीच छुसुक्क नहोस

सम्झौतामा सधैँ धोका नै त हुन्छ
भागबन्डा गरि ठुसुक्क नहोस

अट्टहासले मरुन् बचे खुचेका
विजयको हासो मुसुक्क नहोस


*** *** ***

-भउते

 
Posted on 07-21-05 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह वाह वाह वाह भउतेजी। अकवरी सुनलाई कसि के लगाउँ ?
 
Posted on 07-21-05 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina bhaute bhai ko ta byapak chartikala gai ra raichha yaha............
Pura gazal lekhdai basdai ho ki kya ho ajkal?
 
Posted on 07-21-05 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुचे पनि नरुचे पनि पस्कें रे ? के कुरा ग-या भउतेजीले ? यति तृप्त बनाउने गजल शायदै पढें हुँला हालका दिनहरुमा ।

यो गजल पढेसी कस्तै हुस्सु पाठकले गजलको शक्ति र सौन्दर्यको अनुभव नगरी रहन सक्तैन ।

गजललाई 'बटुकोमा सागर भर्ने कला' भनिन्छ । त्यस कथनलाई तपाईले सार्थक गरिदिनु भयो । तपाईका प्रत्येक शेरहरु यस्ता छन् जसको सविस्तार व्याख्या गर्ने हो भने लामा लामा निवन्ध बन्न सक्छन् । र फरक कति भने ती लामा लामा निवन्ध पढ्ने जाँगरिला पाठक भेट्न गाह्रो हुन्छ, जब कि तपाईका शेरहरु पाठकहरुले पढेर तृप्त हुने मात्र होईन, तपाईका शेरहरु उखान-टुक्का झै याद गरिराख्ने छन् ।

वास्तवमा शेरको कसी नै त्यही हो । जुन शेर उखान-टुक्का बन्न सक्छन्, ती नै श्रेष्ठ शेरहरु हुन् ।

तपाईको गजल यात्रारम्भ नै यति भव्य छ भने यात्रा स्वयं कस्तो होला, कल्पना गर्न गाह्रो छैन ।

बधाई र अनगिन्ती शुभकामनाहरु भउतेजी तपाईको गजल यात्रामा !

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
सालीको चाक
Conservative discussions
Looking for girl
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Who is hottest nepali female?
TPS To F-1 COS
I hope all the fake Nepali refugee get deported
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
Embassy of Nepal might be able to help extend TPS for Nepal
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
interesting fact about sajha.
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters