[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ ~ चौतारी महोत्सब~ ~

[Please view other pages to see the rest of the postings. Total posts: 373]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
[VIEWED 165694 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 19 pages, View Last 20 replies.
Posted on 09-06-06 12:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ ~ चौतारी महोत्सब~ ~





एक बर्षसम्म चौतारीमा बिताउदा २४ पटक चौतारीका छपनिहरु त फेरीसकिएचन । बार्है महिनाका चिसा र ताता हावा खादै गफ मार्दा कम्ता रमाइलो त हुदो रइनच गाठे । अब त झन यो पहिलो महोत्सबमा कति रमाइलो हुने हो कति? यसपाली त खास्साले कुदेको छु के रे चौतारीका छपानि पनि । अब सप्पैले यि चिटिक्का परेका छपनिमा कथा,कबिता,गजल,गित,ठट्टा,राम्रा राम्रा फुटा अनि अरु कुराहरुले बुट्टा भरेर च्याट्ट पार्नु पर्च के रे । गाम तिर मेलाको चापा चाप भए नि चिया खाने निउ पारेर यो महोत्सबलाइ महामहोत्सब बनाउनु पर्च है ?
ल हेर सप्पै जनालाइ चौतारी महोत्सबको चाड लागिसकेच । मलाइ त नाम पनि सप्पैको कण्ठ भइसकेच के रे !नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, चित्रे,काका,निरे,सन्जु, सिरे, भौते, कुम्ले,गोतामे,ग्वाचे,फुलौरे ,भट्टे, मास्टर्नी नानी,डल्ली,तिरु, ठुल्नानि, प्रिती, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते,काने,मुखियाबा, लालुपाते, गुरासे, ईश्वर,लाउरे दाई, लुते, नटे, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, हिते ,नारने, कैले, झाक्री, चरीनङ्रगे, बब दाई, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, फोक्से, डि बी र मिस्टे , मज्जाले जम्न पर्च है यो बिसेष चौतारीमा । ल हेर मैले त मलाइ नै बिर्सेचु । मेरो नाम चै नमे है ?
यो एकदमै बिसेष भकोले मुइले त लम्बर पनि देको छैन यसलाइ । सप्पै मिलेर २ दिनामा भर्ने कुरा भको छ के रे ? अब भर्नि भनेको जति भरे पनि हुन्च है रउसीको घ्याम्पो भरे जस्तै अरेर । तर चाड आयो भनेर टन्न रौसि धोकेर नआम है,ह्या आमा पाटी न भे नि दिदी बैनि पार्टी छन् क्या , फेरी उठ बस अराउलान सप्पैको अगाडी । दशैमा सप्पैले बर्ष भरिको रिस, झगडा भुलेर मिलिजुलि चाड मनाउचन के रे, अब यो चौतारीमा कोइ कोइलाइ तेस्तै परेको भए एइ अबसर पारेर नराम्रो कुरा भुलेर आम के रे । हुन त तेस्तो कल झगडा परेको त छैन यो चौतारीमा तर अलिकति मुन्छेहरु आउन छोड्दा केइ भ कि भन्नि यो पापी मन को सुर्तना क्या ?
मैले मात्रै बोले त फेरी अरुको बोल्ने पालो नै नआउला , ल त है गोतामेको देशको मया अर्नि कबिता जप्दै म अलि उता सरें ।
पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
"नेपाल" नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा चौतारी देखें।
 
Posted on 09-08-06 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बाहेक अरु कसैको कोर्न पर्दै ब्यारे चित्र, तितौरी! मेरो सजिलो छ, गोलो अनुहार, नो कपाल। सुईंट्टै बन्ने काम झट्टै गरि हालम्, अनि अरुको बिचार गरौली! धोबिनी काँ लडेको चईं नबनाऊ, जेठीले अब भुत्लाउने कुरो केई बाँकी राखिनन्, खप्परै पिल्साईदेली फेरि! कोर्न त सिपालु रैछे, तर!

मास्टर्नी नानीले मकै त ल्याईन् के रे, म बुढो को दाँत भ’ पो! क्यारी कोड्याउनि हो तो मकै? साली भा’कि भए त उसैले कोड्या’र मुखैले ख्वाईदिन्थि होली केरे, भउते काजीले भिलेन खेलेर!

चित्रेले संसारै घुमाउनि भो अब हाम्लाई!

गएको लामो विकेन्डाँ हाम्त यता पुगेथेम् के रे, लौ मउसब पारेर देखाईदिम् सबलाई। भोलि फेरि अन्तै जाँदै छम् के रे, सोमबार नभई चौतारिआँ आम्न पाम्न होला।

बरु, ग्वाँचेले चईं २-३ पोका, अलि ठुलठुलै, सुकुटी ल्याईदे हुन्थो नेपालाँट। गुन्द्रुक पनि! भा’को जति सकिन लाओ।

 
Posted on 09-08-06 2:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितौरी, ठूल्नानी, धन्यवाद मेरो बाल्यकालको कथा मनपराईदिएकोमा।

अब मेरो बाल्यकालको फोटो नि हेरूम्, त्यो बेला म सायद डेढ दुई वर्षको थिएँ होला। यो फोटो अर्को धागोमा नि टाँस्नु पर्ला, 'उमर पच्पन्नका, फोटू बच्पन्नका' भन्ने धागोमा।

ल भनम्, म कस्तो थिएँ बच्चामा? :D

 
Posted on 09-08-06 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरि हाड नभा जिब्रो भन्थे हाड नभा औँला त भन्न मिलेन कुम्ले भनिछु चित्रेको बाल्यकालको सम्झना भनेको त।
अनि पुन्टेदा हजुरलाई नदेख्या हो र हाम्ले किन त्यो सेतो पोतो लाउनु पर्ने नि?
 
Posted on 09-08-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AAAAAAAAaaaaaaaaaaaannnch! Chitre Bro! JHakAas chha ni photo ta...;-)
 
Posted on 09-08-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे भगवान!!
शुक्रवार हुनै नहुने के हाम्री सान्नानीलाई! चित्रेले कस्तो मेहेनत गरेर लेखेको रहेछ, कुम्ले ले लेखेको भनेर।

चित्रे तिम्रो कथा म बेलुका पढ्छु है।

अस्ति न पून्टे दाईले तितौरीलाई हेलिकप्टर किन्दिन्छु भने देखि आफुलाई हेलिकप्टर उडाउने कस्तो रहर लागेर आयो। साच्चिको त के सकिन्थ्यो होला र भनेर कम्प्युटराँ उडाउने खोजेँ। कत्ति गार्‍हो भने।

अनि तपाईँहरुलाई हेलिकप्टर उडाउन मन छ भने तल यो मेसेज हेर्नुस् है त।

Think you can fly a helicopter? Click on the link below and give it a whirl! Guaranteed to drive you crazy!!!!!!!!!!

If you are working for a living, do not forward to your co-workers...The rest of the day will be useless to the company..

READ THE DIRECTIONS BELOW

Read directions before you start....hold down mouse to go up...release to go down...MOST DIFFICULT

http://www.hurtwood.demon.co.uk/Fun/copter.swf
 
Posted on 09-08-06 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

chitre u r so cuteeeeeeeeeeeeeeeeeeeeeeeeeee
 
Posted on 09-08-06 2:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा हसाउनु भयो पुन्टेदा ले , अनि किन चै काटेको नि ,झन् कस्तो राम्रो थ्यो होला दाइ भाउजु को अनुहार्।

आम्मैनि चित्रे कस्तो क्युट् बच्चा मा ।सारै राम्रो रहेछौ ।
मेरो नि नेपाल् बाट मगाउनु पर्यो अनि टास्दिनु पर्यो हेहेहे।

म लाइ त उढाउनु छैन हेलिकप्टर्, अर्कै ले उढाए को म बसेर मज्जा ले उढ्ने हो हेर्दै ।
 
Posted on 09-08-06 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानीको कुरो त ठीकै हो, तर त्यो साईडमा जेठी हुन् कि, धोबिनी हुन् कि, मेरी साली जुरेली हुन् भुनेर गाम्लेहुरलाई झकस् दिन मन लाओ के! :p ;)

चित्रे ब्रो त असाधि क्युट नि! गाला चिमोटुम् चिमोटुम् लाओ!

खेलेउनाको हेलिकउटर त उडाम्न आम्च होला नि कुम्लेलाई? ;)
 
Posted on 09-08-06 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्यानो छंदा कस्तो कलकलाउदो रहिछ चित्रे त, ठूलो भएसि किन यस्तो बिचित्रे भा होला खै कुन्नी? :D:D
पुण्टे दाईले किन होला फोटो खिच्दा सेतो फल्याक पछाडी बसेर खिच्या? भाउजुलाई अत्तो पत्तो नदिई कुनचाँहि च्याखुरी संग लसपस गर्दै हो कि क्या हो, फल्याकको पछाडी? भाउजुलाई फून गरि कुरा लागाईदिनु पर्ला जस्तो छ। heheeo!!!
मस्ति छ जे होस!! मलाईनि बिहे गर्न मुन लाग्यो, मस्ति गर्न ।। eh.
It's so hard to follow this thread. ehe... आज एउटा पान्नामा हुन्छ, भोली हेर्दा १२ पान्ना पुगिसक्या हुन्छ, हरे प्रभू!!
 
Posted on 09-08-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ सो च्वीट् चित्रे, अब ठुलो बेलाको को नि राख त ;-)

कलन्कि चाहीं फेरि बार बर्षमा एकचोटि आउनुछ अनि It's so hard to follow this thread. ehe... नभएर के हुन्छ त?
 
Posted on 09-08-06 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो! चित्रे!

सानै देखि हिरो रहेछौ नि तिमी त।
 
Posted on 09-08-06 3:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा चित्रे कति छुकछुके हो सानोमा घडिको कन्तबिजोग बनाएछ!

हन कैले नि गाममा आएछ। क्यार्दैछौ कैले? गाममा आउँछ जस्तो त लाग्या थ्यो। उता नारनगाउँ तिर पेन्सोनिकको टेफरिकडमा क्यास्केट बजाम्दै हिनेओ देख्या थेँ।
 
Posted on 09-08-06 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

l hera punte dai ko photo..

 
Posted on 09-08-06 3:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ प्रिटि प्रिटि फ्लाई फर अ नेपाली गाई? :P
अब तिमीलाई मेरो बार बर्षमा एक चोटि चौतारीमा धाउनुको कारण को पछाडी कस्तो दर्द भरि कहानी छ भनेर कसरी सुनाउ? मेरो कथा सुनेर फेरि प्रिटिको आँखा बाट बलिन्धरा बग्ला, मायालु भन्ने सिनेमा मा करिश्मा को बग्या जस्तो -- चन्द्रेको बौ इन्द्रे ले नि रोक्न नसक्ने कालिमाटी खोलाको भेल जस्तो। चौतारीको वारी-पारी रङ्बंगिन्छु, चित्र-बिचित्र घटना हेर्छु, केहि बोल्न खोज्छु, बोल्नलाई मुख खोल्छु, तर शब्दहरुलाई मनमा भएको वेदनाको भार ले दबाई दिन्छ, अनि चुपचापै बस्छु, सबैको कुरा सुन्छु, अनि चुपचाप आफ्नो बाटो लाग्छु। aiyaa!!
कसरी खोलुं चौतारीमा मेरो मन् को कुरा
छाती भित्र रोप्या छ कसले फलामको छुरा।।

ehe, Ban nai hune hola chautari bata... :P
 
Posted on 09-08-06 3:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो हो कि क्या हो रियल फोटो त eh.

 
Posted on 09-08-06 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चिन्न त चिन्या छैन कैलेजि kalankishtna लाइ तर प्वाक्क भनि हाल्नु पर्यो चौतारी महोत्सब् मा त्यो दर्दभरि कहानि सुन्न पा'हुन्थ्यो नि, अनि तपाइको दर्द पनि कम् हुने थियो कि?:p
सान्नानि - बल्ल बुझे कुरा राम्ररि ,भर्खर् हेरे के ! :D
 
Posted on 09-08-06 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ के मकै भुट्या जस्तो भट्ट् भन्या हो कलन्किले? केइ बुझे त मरिजाम्।
तितौरिले के बुझेँ भन्या नि फेरि? ओ ओ त्यो कुरा? ओके ओके
 
Posted on 09-08-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा कैले ले हँसायो। यो त के जाती VIP बनियानको बिग्गेपन अस्तो लाउछ मुलाई! :)
हा हा हा आथवा पुजा जंघि, पुजा जांघिया हम सबकि पसंद!
 
Posted on 09-08-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नचिनेर घाटै भो होला नि त तारादेवि जी लाई, चिन्या भे यो दशैंमा बम्पर उपहार आउथ्यो -- खुच्चिंग, रे क्या!! :P

अब मेरो दर्द भरि कहानी यता सुनाउनु भन्दा सिनेमाको ठूलो परदा मा देखाउकि भनेर सोचि रा छु, कस्ता कस्ता कथामा त फिल्लम बनाए, बनाउनेले!! कभि अलविदा ना कहना जस्ता!! हाम्रो कथा त त्यो भन्दा दर्द भरा छ, फिल्लम बनाए अस्कर त कतै न जा। जे होस, चिनापर्चि भै हालोस, म चाही कलंकि, त्यो चौतारी कहिले सुन्ने होला र चौतारीको रुख झ्याप्प काटेर यो जाडोमा आगो तापुम्ला भनेर मौका कुरी बस्या -- चानस पाएपो डानस गर्न हुन्थ्यो -- अहिले सम्मन चानस आ छैन, कुनै दिन त कसो नआउला!! hehehe.

तारादेवि जी ले उ माथि बनाको चित्र चाहि बडा तगडाको लाग्यो, आफ्नो त टापटिपे बानी छ, मौका मिले त्यो चित्र नि झ्याप हान्ने ताक मा छु!! आशिष पाम बरु, मेरो सफलताको कामना का साथ। ehe.
 
Posted on 09-08-06 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आह मकै , मुखै रसायो ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
Need Help of IT consultancies
Nepal TPS decision
Supreme Court allows Trump to end TPS for Venezuelans
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters