[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 132583 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
Posted on 05-03-06 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

masterni didi yesto big issue .............. :D
 
Posted on 05-03-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhadka layo ki k ho

 
Posted on 05-03-06 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-03-06 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि भएको छैन । चौपारि मा रमाइलो त हुन्छनै होइन र ।
 
Posted on 05-03-06 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



.......हुँका-चिलिममा
डराउनु पर्दैन
मयाँ पिरिममा .........


पिरिम मै त अडेको छ सन्सार।

:-)
 
Posted on 05-03-06 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-03-06 6:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, २-४ घन्टैमा कतै थुप्रै कुराकानी भैसकेछ गाँठे।

के र?, मिसकी छोरीले आइ लव यू भनिछन् रे!? अब, हाम्रा बिज्ञान पढाउनी सरले "केटीहरु चाँडै म्याचुर हुन्छन्" भन्नुन्थ्यो। तर, मास्टर्नी दिदीले त निकै सानै देखिन् शिक्षा-दीक्षा देर राख्नुभा'रच!!

लौ गीत सुनम् (रिमिक्स)
चौतारीमा दुई जना नानी,
एउटी ठुल्नानी, एउटी सान्नानी
एउटी ठुल्नानी, एउटी सान्नानी ।


ए, भउते काजी, यो चौतारीको जनमत संग्रहको आधिकारिक घोषणा कैले गर्नुहुन्छ हो? मतदान अधिकृत भा' हैन?
 
Posted on 05-03-06 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथिको आदेश कुरेको। :-)
 
Posted on 05-03-06 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इइइइ कुन्त साझां पसेको तेइनि ११ लम्मरां छिरेचु। स्यानो भाइले भनेझै अलि बडिनै लाएचके तो दिन।
दादा, अ तेस्तै तेस्तै भन्नु परोअब, यो खैरेआ देसां भअको मुउतिनाथ जो गइयो।
अनि, के छ मेसो मेलो? जम्मैथोक जातिनै छ होला केरे तेतातिर?
सिरे काता गअचन आचल? बैतरनि तर्नियो लाले एसपालि भन्ते, कि अम्रित पान गर्दै बस्याछन!!
उता, गोताए झन बालुआमा अम्ठि हराएझै हराएकेरे, छोरिओ नाम आर्या राख गोताए भनेर १० पालि भनेहुम्ला के राखे कुन्नि, आचल क्यार्यारैचन र हो कुन्नि।
बिर्खे गुरुनि तेति सारो भेड्किन्नन् केरे!
मुन्द्रे त झन बिपत्तै भए, तादिनै झुर्लुक्क देखेओथिए, फेरो दुलाभित्रै पसेचनकेरे!
 
Posted on 05-03-06 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..
मास्टरनी नानीको गालैमा कालो कोठी रैच! नजर नै तिरमिर गराउने!

कस्तो लाओ हाउँरो गीत मास्टरनी नानीलाई ?
 
Posted on 05-03-06 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वनको काफल वनकै चरीलाई
राजनिति २ दिनको भए नि
चौपारी चैँ जुनी भरिलाई
... ...


हाछ्युँ!

अड्डाँ छुट्टी हुँदाऽ दिन बिहान चाँडो उठ्नी गुन छ के मेरो। १० सै नबज्दै उठेर चिया सिया खाऽर अनि यसो चौपारीयाँ निस्केको त मुन्छे त टन्न गफ मारेर बसेका रचन्।
 
Posted on 05-03-06 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो कान्छा:

कालो टोपी
कालै छ कोट
नबोले नि हाँसिदेऊ
एक चोट
लुरि लुरि लै
यो जोवन चोखो छ पर्ख तिमीलाई!
लुरि लुरि लै
यो जोवन चोखो छ पर्ख तिमीलाई!
 
Posted on 05-04-06 4:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज सहर गा'को थिए । देशि(बिहारि) भैया ले बरफ बेचेको रहेछ। मलाइ पनि यसो आत चिसो बनाम्न मन लाओ केरे अनि मैले पनि किनेर खान थालेको त बादर आएर खोसेर खाइदियो । हाम्रा तिर मकै खाएर हैरान पार्ने यि बन्कर बरफ खान शहर आएछन ।

 
Posted on 05-04-06 4:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो मास्टर्नि को र स्यान्कान्छा को जुहारि चल्दै थियो केरे । मास्टर्नि पनि के भा'कि हुन कुन्नि रमाइलो कुरा लाइ पुनि बाहिर निकालि हालिन । हुन मास्टर्नि को काम पनि त नराम्रा कुरा छोडेर राम्रा कुरा सिकाउने हो नि होइन त ।
अब रमाइलो अर्ने ठाउ मा सेन्टिमेन्ट देखाएर पनि हुन त केहि हुने वाला छैन नि होइन त । सकभर रमाइलो अरुम भन्ने मेरो सोचाइ हो ।चाहे खुसि बन मस्टर्नि चाहे दुखि तिम्रो बिचार को कुरा हो ।
 
Posted on 05-04-06 5:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त केहि बोल्दिन है । जे भयो भयो किन त्यो कुरा सम्झि रहने । होइन त । अरु नया कुरा मा पो जाम न कि कसो ।




चौपारिमा बिबिसि सुन्न यहाँ क्लिक गर्नुस ।
 
Posted on 05-04-06 6:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए हिले (hitketa)!!! बुद्दिमान रहेछौ।अनि सार्हे अन्तरयामि पनि ।कसरी थाहापायो ?म दुखीछु अथवा खुसिछु भन्नेकुरो। तिमीलाई जवाफ दिरहनु पर्ने त केहि थिएन तर तिमीले नै दोहर्याएर कुरा गरेकोले मात्र।

sentiment को कुरा गरेउ हैन .ल सुन उसो भए ..........भनाउन निकै हतार रहेछ हुनसक्छ लाइफ भर कोहि नमिलोस् त्यस्कोलागि पनि.
 
Posted on 05-04-06 7:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हित केटा धरै भो फोटो नतास्नु भाको । त्यो तपाईं को फोटो हो । कस्तो हिरो जस्तो रैछ । आईस क्रीम खाँदै खानु भकोरैछ दात झर्ल है भेन्देको छु ।
 
Posted on 05-04-06 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ मास्टर्नि तिमि ले भनेको तिमि लाइ नै पुगोस । किन भने नि मैले बनाउनु पर्ने कुरा र गर्नु पर्ने कुरा सबै अरेको छु आफै सोच है त ।


फोटो को सबाल मा जो आफू जस्तो हुन्छ त्यस्ले अरु लाइ पनि त्यस्तै देउछ रे के ठुल्नानि । कुरा बुझेउ। दात झर्ने नझर्ने भनेको कुरा चै खाएर सकिए पछि भन्छु हुदैन। अहिले खाएर सकिएको छैन ।
 
Posted on 05-04-06 8:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty --> Confused :S
 
Posted on 05-04-06 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yesssssssssssssss you are right hitketa !!!


जस्को खोपडि जस्तो छ उस्तै देखिन्छ...... अनि त खोपडि भन्दा बढिको आश गर्नुनि वेकार हो


नरिसाउ ... :D
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters