SimpLe_KeTa
Replies to this thread:

More by SimpLe_KeTa
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 आज म हराएँ आफ्नै देशमा
[VIEWED 13860 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-10 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

आज म हराएँ आज आफ्नै देशमा

By: Simple_KeTa

मेरो बिदेशि मित्र !  के त्याँ पनि बाँच्न यत्तिनै गार्हो छ र ?
के त्याँ पनि जिउनलाई हावा अनि पिउनलाई पानि छ र ?

मलाई आज यहाँ आमाले डि.भि. भर्न पैशा  दिँदै भनिन
जानु त्यहाँ जहाँ  रगत होईन पानि छर्छ खेतमा
अनि जानु त्यहाँ जहाँ किडनि बेच्नु पर्दैन भोको  पेटको जोशमा
मेरो बिदेशि मित्र! अनि आज म हराएँ आफ्नै देशमा

अनि म हराएँ आज आफ्नै देशमा
सायद चक्काजाम र  आन्दोलनको द्वेषमा
 सायद बोलि र गोलिको क्लेशमा
अनि म हराएँ आज आफ्नै देशमा

मेरो बिदेशि मित्र!  के साच्चैं जिँदगि त्याँ महँगो छ र  ?
के साच्चैं त्याँ  बाँच्नलाई सपना र जिउनलाई रोजगार छ र  ?
शुभकामना तिमिलाई मेरो बिदेशि मित्र
मेरो कल्पनाको स्वर्ग तिम्रै देश पो रैछ

यहाँ स्वर्ग जान धर्म गर्नु पर्छ
अनि धर्म गर्न बलि दिनु पर्छ
मेरो बिदेशि मित्र!  के साच्चैं त्याँ धर्म छ र
अनि त्याँ आफ्नो खुशिलाई अरु मर्नै पर्छ ?

अनि म हराएँ आज आफ्नै सोचमा
सायद होश र  बेहोशिको बिचमा
या सायद हात र खुट्टाको भरमा
अनि म हराएँ आज आफ्नै देशमा


क्रृपया कमेण्टस दिनुहोला ।
पढिदिनुभएकोमा धन्येबाद ।




Last edited: 15-Aug-10 05:22 PM
Last edited: 15-Aug-10 05:33 PM

 
Posted on 08-15-10 6:06 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

खुट्टा भर्खर टेकेको ले
आरु दौडे को देखेर अचम्म नहुनु साथी
दौडन लाई तिमी ले अझ समय बिताउनै पर्छ

 दौडन कोशीस गर्दा बिदेशमा  थाकेर
यस्तै रैछ जिन्दगी भन्नै पर्छ
बिदेसी खेतमा पसिना मात्रै छर्दा
जिन्दगी चाउरी परेको पनि देखेकै   छौ

चक्काजाम, आन्दोलन नभएपनी बिदेशमा
आन्त्यहिन दौडमा जिन्दगी खियाएको देखेकै छौ
किड्नी  बेच्न नपरेपनी बिदेशमा  
हजारौं पटक स्वाभिमान बेचेको देखेकै छौ

जिन्दगी महँगो अनी बाँच्न लाई रोज्गार भएपनी बिदेशमा
सम्बेदन सुन्य  जिन्दगी बाचेको  देखेकै छौ
कल्पना को स्वर्ग भएपनी, फुल्बारी भएपनी बिदेश
प्लस्टिक्का फुल र प्लस्टिकका परि के काम?

नजिक को देउता हेलाँ किन साथी ?
म्रिगत्रिस्ना को कथा त सुनेकै छौ

Last edited: 15-Aug-10 06:23 PM

 
Posted on 08-15-10 6:12 PM     [Snapshot: 45]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 


देश र विदेशलाई छोएर लेखेको, देशको पिडा र बिदेशको सपनालाई दाँजेर लेखेको, विदेशको यथार्थतालाई खोलेर लेखेको केटो र साथी दुबै जनाको प्रयास राम्रो छ, प्रयास राम्रो छ तर निरन्तरता आवश्यक छ, साथीकै शब्दमा भन्ने हो भने दौडन अलि पर्खनै पर्छ।


 
Posted on 08-15-10 9:54 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 




superb


 

Last edited: 15-Aug-10 10:33 PM

 
Posted on 08-15-10 10:21 PM     [Snapshot: 169]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Just one word "Outstanding" to both of you.
 
Posted on 08-15-10 11:14 PM     [Snapshot: 194]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

....hats off to kta and sathi........
                       maan chuyyo yaar.....
...... kta.. dunno what ur going thru right now...tara bidesh pani soche jasto nahuna sakcha... i have seen ppl .............. fade up with their lives... here too.... 
     sukkha dukkha jaha pani huncha yaar....... the only solution is u have to fight against em .. hold your ground.....

 
Posted on 08-16-10 4:04 AM     [Snapshot: 257]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !


---------------------------------------------------------------------
timi_mero_sathi
       धन्येबाद ।
        मेरो शब्दहरुमा कमि-कमजोरि हुँदा-हुँदै पनि तपाइले तपाईको गहिरो जिवन-दर्शन भरिएको भावपुर्ण साहित्यले मेरो प्रयासलाई श्रींगारि दिनुभो । म भाग्यमानि रैछु ।
        धन्येबाद ।

" किड्नी  बेच्न नपरेपनी बिदेशमा "
बिदेशमा " हजारौं पटक स्वाभिमान बेचेको देखेकै छौ "


म त्यो लाईनको भाव चोर्न चहान्छु ।

---------------------------------------------------------------------


---------------------------------------------------------------------
Geology Tiger
    धन्येबाद मलाई तपाईको सुझाव बहुमुल्य छ ।  दौड्न चहान्छु तर बामे सर्दै छु...  के गर्नु मेरो चकचके चाहना !?
डोर्याउदै लानुहोला; म औंला पक्रनेनै छु ।

---------------------------------------------------------------------


---------------------------------------------------------------------
Amit Raja
   Thank you . समय दिनुभो ।

---------------------------------------------------------------------


---------------------------------------------------------------------
Allegro
      
--:::Thank You:::--
---------------------------------------------------------------------


---------------------------------------------------------------------
Alche
  Ah!


I wish, I were there
I care not, heaven or hell...
it's the moment, O my friend
a story to remember; a story to tell.
                               - (Ah! How's this?)

" now you can high tail* it outta the jungle
  but it never leaves your heart
... "
                                 - a song from "The Jungle Book 2" - Jungle Rhythm

*High Tail: "retreat at full speed"
www.thefreedictionary.com



Alche you wrote, "dunno what ur going thru right now"
Thanks for the warm words. I'm fine. No worries.

---------------------------------------------------------------------


---------------------------------------------------------------------
धन्येवाद / Thanks

Last edited: 16-Aug-10 05:16 AM

 
Posted on 08-16-10 2:04 PM     [Snapshot: 399]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जीवन-जगतका कुरा मित्रहरु ले गर्दै गर्दा एउटा खुराक यहाँ पस्कन्छुँ:


बुदै बुँदाले बनेको
म जन्मेको देश
जन्मभुमि भएपनि
कर्मभुमि नहुन सकेको देश
बुदै बुँदाले बनेको
अहिले ३ बुँदाको बार्ता
बेला-बेला बुँदैका जात्रा
कहिले ४० बुँदा को क्रान्ति
बुँदै बुँदैमा अल्मल्ले को शान्ति
बाटाका बिकास बुँदैले गर्यो
लोडशेडिङ् बुँदैले हटायो
छाक बुँदैले टार्यो
सडकमा टायर बुँदैले बाल्यो
कामका बुँदैले बैसे ठिटो बिदेश हरायो
बुँदै बुँदैले नेपाली झुल्यायो
कुरै कुरैमा राम्रो
काम गर्नुपरे अरुको
बुँदै बुँदैले बनेको देश
अस्तित्वो गुमेको, न दुख्छ लागे पनि ठेस्


 
Posted on 08-16-10 3:19 PM     [Snapshot: 443]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 


सुब्रथको साहित्यिक यात्राको बाटोमा बुदँ बुदँ मात्र नहोस्, पुरै भरिएको गाग्रो होस्। शुभकामना! 


 


 
Posted on 08-16-10 3:41 PM     [Snapshot: 452]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



Nice one Subrath.
Last edited: 16-Aug-10 03:42 PM

 
Posted on 08-16-10 8:48 PM     [Snapshot: 515]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Simple keta ji
धन्यवाद त मैले यहाँ लाई पो दिन पर्ने। मेरो यो लेखाइ तपाईं को कबिता को उपज हो.

GT
कहिले काही जागर् चल्छ लेख्न तेत्ती हो, रोमान्टिक्  चाँही  लेख्न नाऔने हुनाले चोर् चार पार्छु

Allegro, Alche,  amitaraja लाई  पनि  धन्यवाद
सुब्रथ जिउ लाई पनि देश को चिन्ता मा कबिता कोर्नु भएको मा धन्यवाद

TMS

 
Posted on 08-17-10 7:52 AM     [Snapshot: 574]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


   सबैलाई मेरो मुस्कान अनि अभिवादन ।

---------------------------------------------------------------
Subrath
     जि को भावना र राजनैतिक चेतनाको म ईज्जत गर्छु ।


लेख्नु भएको छ, "जीवन-जगतका कुरा मित्रहरु ले गर्दै गर्दा एउटा खुराक यहाँ पस्कन्छुँ" ... अनि, सार्है मिठो पस्कनु भो, मेरो छिमेकि फेमस साईलिको भट्टिको तिहुन भन्दानि मिठो - जिब्रोलाई ट्वाक्क । अनि तिखो - पिरो; साईलिको "फेमस झोल" स्वाट्टै पार्न मिल्ने खाल्को ।

वहाँले आफ्नो भावना सुन्दर-तिखो शब्दमा यसरि ब्यक्त गर्नु भएको छ:

बुदै बुँदाले बनेको
म जन्मेको देश
जन्मभुमि भएपनि
कर्मभुमि नहुन सकेको देश

ईतिहासझै सत्य वचन ।
गौतम ले बुद्ध बन्न नेपाल छाड्नु पर्यो रे, सिताले पुजिन राम संगै जानु पर्यो रे... भन्छन देउताले समेत छाडेको देश रे - यो नेपाल भन्ने देश ।
म कद्र गर्छु सुब्रातजिको...

कुरै कुरैमा राम्रो

काम गर्नुपरे अरुको

बुँदै बुँदैले बनेको देश

हल्लै हल्लाको देश भनेझैं "बुँदै बुँदाको देश" पनि मेरो लागि नेपालको स्विकार्य सत्य तथ्य हो ।
"कुरै कुरैमा राम्रो" भुईफुट्टे नेताहरुको मगजको एक्टोपिआ रे नि सैदान्तिक युटोपिआ, अनि देशचैं बन्यो झन्डै ईथिओपिआ  ...

खै के खै के...


जे होस...

सुब्रातजि लाई धन्येबाद ।

---------------------------------------------------------------
Last edited: 17-Aug-10 07:53 AM

 
Posted on 08-17-10 8:01 AM     [Snapshot: 579]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते !
    यहाँ अलि गर्मि बढेकोले आखाँको शितलाताको लागि एक टुक्रा:

आज एफ.एम. मा तिम्रो मन पर्ने गित बज्दा
हामि संगै नाच्थेम होला, अनि गित गाउँथेम होला
यदि तिमि यहाँ हुन्थ्यौ र मसँगै गित सुन्थ्यौ ॥

तर तिमि यहाँ छैनौ, नत्र मसँगै गित सुन्थ्यौ
अनि शायद मेरो आँखामा हेरथ्यौ...
अनि शायद मुस्कुराउँथ्यौ...
तर तिमि यहाँ छैनौ ॥


गर्मि काट्ने प्रयासमा:
(कमेण्ट वा करेण्ट पिलिज)
Last edited: 17-Aug-10 08:05 AM

 
Posted on 08-17-10 11:37 AM     [Snapshot: 608]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यि भोगिएका भावहरुमा टाइगर को शुभकामनाका लागि धन्यबाद, अनि धन्यबाद अल्लेग्रो र साथीलाई। केटा ले ति भावहरुलाई ब्यख्या गर्नु भो राम्रो लाग्यो, तर अहम् चाहि फुर्क्यो।
 
Posted on 08-19-10 2:22 PM     [Snapshot: 715]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अक्षरहरु बिच्की रहदा कविता आलै छ
कुर्कुरे जोवनमा प्रेमिका ले छोडे झै
भाव कहा छ! भावनालाई थहाँ होला
जिन्दगीले दोस्रो मौका खोजे झै
रितिए छ गलासका प्याला!
 
Posted on 11-19-10 3:31 PM     [Snapshot: 1359]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

जदौ!
देश-दर्शन गरि फर्कदै गर्दा; पाक्दै अनि पस्क्दै छुँ केहि खुराक पारखीका माझ।


देश-दर्शन


कतै केही ज्ञान पाईन्छ कि!
कतै घर्तीका अर्ती भेटिन्छ कि!
यही ईच्छामा देश-दर्शन गर्न आएँ
कुनै कुनामा आफ्नो अस्तित्व पाएँ।

देश देख्न आएँ
यहाँ आफै हराएको पाएँ
आँखाका पवित्रताका लागि डुले
देशबासीका हालतमा रन्भुल्ल परे।

आध्यात्मिक उर्जा खोज्दै छुँ
के गर्न सक्छु! सोच्दै छुँ
जान्ने,बुझ्ने अनि बुझ्पचाउने देख्छुँ
अचम्म लाग्छ किन देशका लागि सोच्छुँ।

फलामका चिउरा चपाउन जान्दिन
अभाव अनि भाव छ,अरु देख्दिन
देश-दर्शनमा के रहेछ ज्ञान
आफ्ना अस्तित्व गुमाउदै सबै छन् अन्जान।

के कति सिक्छुँ होला
थहाँ छैन यि भोलीका खहरे खोला
आत्मा यही कहि कतै डुल्दै छ
यात्रा जारी छ,दुई कदम चल्दै छ।


 
Posted on 11-20-10 10:05 AM     [Snapshot: 1500]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

subrath sir

यो बारे केहि लेखुँ अपवित्र हुने डर, पत्र लेख्छु तपाईलाई ।


 
Posted on 11-20-10 6:35 PM     [Snapshot: 1563]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-24-10 2:29 PM     [Snapshot: 1684]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

subrath सर धन्येबाद ।

मेरो उत्तर:

देशको जन्ता
मन्त्रिको भत्ता
राजाको प्रजा
बाँकि चैँ यत्ता न उत्ता

स्वार्थ ठुलो
भकारिमा दुलो
सुकेको कुलो
बालि चैँ अन्न न कुचो


बाई ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Supreme Court allows Trump to end TPS for Venezuelans
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Nepal TPS decision
2020 : Why No Trump !
Business Ideas in Nepal?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS to F1 Status.
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
#MAGA#FAFO is delicious
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters