[Show all top banners]

sayami
Replies to this thread:

More by sayami
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 औषधोपचार खर्च लिन सभासद्को दौडधुप..
[VIEWED 7917 TIMES]
SAVE! for ease of future access.
Posted on 09-26-08 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औषधोपचार खर्च लिन सभासद्को दौडधुप

टंक पन्त (काठमाडौं) सरकारले चाहेजति उपचार्रखर्च बेहोर्ने थाहा पाएपछि केही सभासद्हरू सम्पूर्ण स्वास्थ्य जाँच गराउन दौडधुपमा लागेका छन्।

सभासद्हरू पहिले सम्पूर्ण स्वास्थ्य जाँच गराउने र त्यसपछि विषयगत रोग पहिचान गरी उपचार्रखर्च लिने धुनमा लागेको थाहा भएको छ।

नियमअनुसार सरकारी अस्पतालमा जाँच गराएमा सबै र प्राइभेट अस्पतालमा जाँच गराएमा आधा खर्च सरकारले बेहोर्ने गर्दछ। त्यसरी सरकारले खर्च बेहोर्ने भएपछि सभासद्हरू उपचार्रखर्चको बिल लिएर संसद् सचिवालय जाने गरेका छन्।

दैनिक ८-१० जना सभासद् उपचार्रखर्चको बिल लिएर सचिवालय जाने र त्यसको भुक्तानीका लागि दिनहुँ ताकेता गर्ने गरेको थाहा भएको छ। कसै-कसैले त सभासद् हुनुभन्दा अगाडि उपचार गराएको बिलसमेत जोडेर खर्च माग गरेको तर सचिवालयले त्यस्तो बिल भुक्तानी दिन अस्वीकार गरेको बुझिएको छ। कुनै कुनै सभासद्ले महिनाको दर्ुइ पटक जाँच गराएको भनी बिल पेस गर्ने गरेकाले सचिवालयका कर्मचारीहरू उपचार्रखर्च थाम्नै नसक्ने खालको हुने सम्भावना औंल्याउँछन्।

सभासद् रामकुमारी यादवले २०६५ असार ३०, साउन १०, साउन २१ र भदँै १२ मा जाँच गराएको भनी खर्च भुक्तानीको माग गर्नुभएको छ। एक जना सभासद्लाई चिकित्सकले पाँचवटा टयाब्लेट औषधि खान भनी लेखिदिएको तर ती सभासद्ले २५ वटा टयाब्लेट खाएको भनी बिल बनाएर पेस गरेको खुलासा भएपछि सचिवालयले पाँचवटा टयाब्लेटको मात्र भुक्तानी गरेको छ।

सभासद् लक्ष्मण लालकर्ण्र १६ हजार १ सय ७१ रुपियाँ, रामनारायण सिंहले ५ हजार ७ सय १, विमला मिजारले ४ हजार १ सय ३०, खुमा सुवेदीले २ हजार ६ सय ५०, रमेश रिजालले २ हजार ५ सय ५०, सुन्दरा थारूले ५ हजार १ सय, मीनाक्षी झाले १ हजार ५०, रेणु चौलागाईंले ४ हजार ५ सय ४१ रुपियाँ उपचार्रखर्चको बिल सचिवालयमा भुक्तानीका लागि पेस गर्नुभएको बुझिएको छ।

सभासद् कृष्णा ठाकुर, तारा र्घर्ती मगर, हिमकुमारी सुनार, गौरी महतो, धीरेन्द्र कुमारी उपाध्यायलगायतका एक दर्जनभन्दा बढी सभासद्ले सम्पूर्ण स्वास्थ्य जाँच गराएको भन्दै त्यसको बिल पेस गर्नुभएको छ। बुझिएअनुसार स्वास्थ्य जाँच गराएका बिल पेस गर्ने सभासद्मा बढीजसो नेकपा (माओवादी) का छन्।

नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायले ५ लाख रुपियाँ उपचार्रखर्च माग गर्नुभएको छ भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सभासद् राजकुमार लिम्बू नाम्बोलाई सरकारले ५ लाख रुपियाँ उपलब्ध गराउने निर्ण्र्ाागरिसकेको बुझिएको छ।

महिनामा कतिपटक उपचार गराउने, एक सभासद्बराबर कतिसम्म खर्च बेहोर्ने भन्ने सीमा नतोकिएकाले जसरी पनि उपचार्रखर्च लिन केही सभासद्हरू लागेको अर्थ मन्त्रालयका अधिकारीहरूले नेपाल समाचारपत्रलाई बताए। केही दिनयता मात्रै ३९ जना सभासद्ले उपचार्रखर्चको बिल पेस गरेका छन्। त्यसमध्ये कतिपयको भुक्तानी भइसकेको छ भने केहीको बाँकी नै छ।

एउटा दाँत बनाएको २२ हजार र कान कम सुन्नेले लगाउने एयर फोन खरिद गरेको भनी ४२ हजारको बिलसमेत पेस भएको तर सचिवालयले भुक्तानी दिन अस्वीकार गरेको बताइएको छ।

माओवादी सभासद् भरत शाहलाई उपचार्रखर्चबापत १६ हजार बेलायती स्र्टर्लिङ पाउन्ड अर्थात् २१ लाख रुपियाँ उपलब्ध गराउने निर्ण्र्ााभइसकेको छ। हातमा गोली लागेको भनी उहाँ बेलायतमा उपचार गराउन जानुभएको छ।

त्यसै गरी आँखा जाँच गर्राई चस्मा खरिद गर्ने सभासद्को संख्या पनि निकै छ। आँखा जाँच गर्राई ५ देखि ७ हजार रुपियाँको चस्मा खरिद गरेको बिल पेस भए पनि सचिवालयले सोहीबमोजिम दिन नमिल्ने बताउँदा कसै-कसैले धम्क्याउनेसमेत गरेको थाहा भएको छ।

विगतमा एक जना सांसदले सुत्केरीले खाने औषधिको बिल पेस गरेको दृष्टान्त प्रस्तुत गर्दै उपचार्रखर्चको बिल पेस नगर्ने सभासद्हरूले केही सभासद्ले गर्दा सबै सभासद् यस्तै हुन् भन्ने पर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्। अन्य सांसद्को छविमा समेत आँच पुर्याएको जस्तो घटना पुनरावृत्ति हुने चिन्ता औषधोपचार खर्चको बिल पेस नगर्ने केही सांसदले व्यक्त गरेका छन्।


 
Posted on 09-26-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

paach wata tablet lai 25 wata banayer bill present garya re....ho ho ho ho.....this shit is f(((king so funny...ha ha ha ha ha....

kati ni besi paisa aaucha ra 5 wata tablet lai 25 banauda...

it shows that the how low mentality these people have....

aaba yesta le naya nepal banaune aare...ghanta banayo naya nepal.....

 

Last edited: 26-Sep-08 08:32 PM

 
Posted on 09-26-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुर हरु लाई देश निकला गर्नु पर्‍यो
 
Posted on 09-27-08 12:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SALA 10 20 GOTA SAVASAD MARE NEE KEHI FARAK PARDAINA
nEPALI LAI
 
Posted on 09-27-08 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरेक १० वर्षमा एउटा क्रान्ति हुने हो र त्यस्तो क्रान्ति पछि करिब २००० नयाँ भिखमङाहरु मन्त्री, साम्सद, हाकिम बन्ने हो भने तिनका आसे पासे, हुक्के-चिलिमे गरेर लगभग १५००० नेपालीको  उन्नति हुन्छ होला । सबै नेपालीको भाग पुग्न conservative estimate नै गर्ने हो भने पनि २००० वर्षभन्दा बढी लाग्दैन । So no worries, all nepalis will be rich, and will be living overseas by 4000 AD..... Now it's the maoists' turn..... But it's already late to start another series of armed struggle for a change in 2016...


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters