[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 म फेरी स्कूल जान थालें ..................
[VIEWED 10854 TIMES]
SAVE! for ease of future access.
Posted on 01-28-14 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

म फेरी स्कूल जान थालें 
 
घर कलह सुरु भए लगत्तै हजुरबुबाले एउटा फतवा जारी गर्नु भयो – आज देखि कोही पनि स्कूल जाँदैन | म एक किलास पास गरेर दुइ पढ्दै थिएँ | मेरो  ठुल्दिदी १० मा पढ्नु हुन्थ्यो, दाई पाँचमा फस्ट भै ६  किलासमा पढ्नु हुन्थ्यो, सानो दिदी ४ मा | भाइ सानै थियो स्कूल नै गएको थिएन | किन स्कूल जान प्रतिबन्ध लगायो त्यति बेला यो फुच्चेलाई थाहा हुने कुरा भएन | ठुलो काकाको छोरा ९ मा , काकाकी छोरी एक जना ७ मा अर्को ६ मा  पढ्नु हुन्थ्यो | काठमाडौको रैथाने परिवारका छोरा छोरी स्कूल न जानु त्यतिबेला पनि अचम्मकै कुरा थियो तर शिक्षाको त्यति महत्व नहुने समाजमा त्यो ठुलो बिषय भएन | दाई र काकाकी छोरी दिदी  एकै कक्षामा, दाई फस्ट हुनु र दिदी जेनतेन किलास चढ्नु एउटा कारण हुन सक्थ्यो | 
 
निराश निराश दाइ, ज्यासलको काम सघाउने काम गर्न थाल्नु भयो भने म फुच्चे अगेनामा आगो फुक्ने र चाँदी पोल्ने सहयोगी भएँ |

त्यतिबेला नै एक जना आफन्तको घरमा नेपाली कागजमा प्रिन्ट गरिएका विभिन्न चित्रहरुमा रंग भर्ने काम गर्नु हुन्थ्यो | मलाई सिक्न मन लाग्यो र आमालाई भनी सिक्न गएँ | एक महिना जति रंग भर्ने कला सिके पछी आफै भर्ना थालें | एउटा सानो  प्रिन्टको रंग भरेको ७५ पैसा र ठुलोको १ रुपैया पचास पैसा आउंथ्यो | बिहान ७ बजे चिया खाने समय सम्म एउटा रंग भर्न सक्याई ज्यसलमा जोतिन जान्थें र ज्यासल बन्द भै बेलुकीको खाना खाइसके पछी अर्को २-३ वटामा रंग भर्थे | दाइले पनि साथ दिनु भयो र हाम्रो यो कोठे कारखाना चल्यो | दिनमा आठ दस रुपैया ज्याला कमाइन्थ्यो | त्यै पैसाले लुगा हाल्थेम | दिन भरि ज्यसलको ज्यालाले  दुइ छाक खान बँधुवा मजदूर भएका थियौं | त्यही बचेको पैसा पछी हामी स्कूल भर्ना हुँदा भरथेक भो| 
 
 
बुबाले त्यो अंश नलिने  कागज गरिदिए पछी हामी एक हिसाबले स्वतन्त्र भयौं | सदियौं देखिको दासत्वबाट मुक्ति मिले जस्तो | बुबा जनकपुर जानु भयो | आमालाई कसले हो छोरा छोरीलाई पढाउनु पर्छ भनेर कान भरिदिए छ कुन्नि ? ,  स्कूल भर्ना हुन जाओ भन्ने आदेश दिनु भयो |
 
ठुल्दिदी बुबा संगै जनकपुर जानु भएको थियो | दाइले स्कूल जान्न भनेर ढिपी कस्नु भयो | किन भन्दा “ म कुन मुख लिएर फेरी पढ्न जाउँ ?? कहिलेइ अनाथालयका बिद्यार्थी बाहेक फस्ट नहुने स्कूलमा फस्ट भएर बिना कारण स्कूल जान पाइन, अब जान्न स्कूल सिस्कूल “ | दाइको नैराश्यता जायज थियो, बिना अपराध  शिक्षाबाट वन्चित हुनु परेको ब्यथा छताछुल्ल भयो नै | म , सान्दिदी र भाइ स्कूल भर्ना हुन घर छेउ कै स्कूल, वसन्तपुरको नव आदर्श बिद्यालय गयौं | दिदीले चार मै भर्ना हुन्छु भन्नु भयो र भर्ना  हुनु भयो | म दुइमा भर्ना हुन्छु भनें | टोलकै हेडसरले हुँदैन, तिमी ठुलो भैसक्यो चार मै भर्ना हुनु पर्छ भन्नु भयो | मैले रोइ कराई २-३ न पढी चारमा पढ्न सक्दिन, फेल हुन्छु , २ मै भर्ना गरि दिन बिन्तीभाउ गरें| अहँ गोबिन्द सरले मान्नु भएन | “ तिमीले सक्छौ, ४ मै भर्ना गरिदिन्छु | भन्दै जबर्जस्ति भर्ना गरिदिनु भयो | त्यो दिन धेरै रोएँ , म मा हिम्मत थिएन | म मेधावी बिद्यार्थी थिइन | दिन भरि ज्यासलको अगेनामा आगो फुक्ने र नेपाली कागजमा रंग भर्ने बाल मजदूरलाई आफ्नो हैसियत थाहा थियो | भाइलाई एक कक्षामा भर्ना गरियो | यसरी हामी पाँच मध्ये ३  दिदी भाइको स्कूल यात्रा पुन: सुरु भयो |
 
चार पढियो, पहिला २ किलासमा संगै पढेका साथीहरु पनि चार मै तर “ए” सेक्सनमा | नेपाली बिरलै बोल्नु पर्थ्यो | मास्टरहरु प्राय नेवार, बिद्यार्थी पनि | केही बाहुन क्षेत्री र मारवाडी समुदायका बिद्यार्थी भए पनि या त तिनीहरुलाई नेवारी आउथ्यो या सिक्थ्यो | नेपाली पढाउने पुष्पा मिस बाहेक सबैले आधा नेवारी आधा नेपाली मा पढाउनु हुन्थ्यो | जिन्दगीमा पहिलो पल्ट लिखित जांच दिइयो | पहिलो त्रैमासिकमा राम्रो नतिजा आयो | दिदीको भन्दा राम्रो , दोस्रो झन् राम्रो भयो | फाइनल त झनै | बी सेक्सनबाट बढुवा भएर “ए” सेक्सनमा उक्लिएँ त्यो पनि १५५ रोल नम्बरबाट सिधै १७ मा | पुराना साथीहरु संग पुनर्मिलन भयो अब चाहि |  त्यो बेला नाक आधा इन्च जति बढ्यो |
 
चार पढ्दा पढ्दै हामीले घर सरिसकेका थियौं | इलमको राम्रो बन्दोबस्त नभैसकेको र बुबाले जनकपुरको जागिर छोडी सक्नु भएकोले घर चलाउन सहयोगी हात हुनै पर्थ्यो | रंग भर्ने कामलाई अझ जोड दिनु पर्ने भयो| 

हुन त त्यो स्कूलमा कहिलेइ होमवर्क हुने भए पो | स्कूलबाट फर्के पछी अरु खेल्न जान्थे भने मा रंग भर्ना बस्थें...| दाई फुल टाइमर रंग भर्ने , मा चाहि पार्ट टाइम | स्कूल टाइम पछी पुरै चोक केटाकेटीहरुको खेलले गुन्जाएमान हुन्थ्यो | तेलकासा ( एकजना डुम भै अरुलाई पछ्याउने खेल)  , आसपास ( लुकामारी ) , गुच्चा , ह्वागरा आदि खेल खेलीरहन्थे... म नेपाली कागजमा ती दृश्यहरुलाई रंगले पोती दिन्थे | बालक मन हो, खेलूं खेलूं लाग्थ्यो तर चिसो चुल्हो र खाली पेटले सम्झाइरह्न्थ्यो , जिन्दगीको यथार्थ | स्कूलको हाफ ट्याममा अरुले बरफ खाएको हेरिरहन्थे | अरुले नासपाती चपाएकोमा थुक निलीरहन्थे........................................................................|

समाप्त !!!

 
Posted on 01-28-14 3:03 PM     [Snapshot: 86]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

First of all, I have to admit why I do not reply in Nepali. Not that anybody is asking or might care, but for my own sake, here's my response.
I think my Nepali is pretty decent, but my writing is not. I am not used to devnagari script in keyboards, but above all, my rhaswa and dirgha are horrible. I thought I'd save my embarrassment and respond in English instead.


When I remember my childhood days, I always think of the immature things I used to do, the chak-chak and dirty clothes and what not. There is innocence in your character (of course, real one) but somehow you instill the whole story with such a maturity that it becomes emotional. I don't know how you do it.

Great story, if that's what you will call it. Devoiding somebody, specially a kid, from education is a grave injustice; I am glad your parents stood up for your and your siblings' right. Who knows where you would've ended up, but your story is a proof that your parent's struggle and your determination made it all the worth while.

Kudos. Please keep more coming. I had written a story way back about my childhood experience, I only wish it had the language and touch of your story..would've been quite a read.
 
Posted on 01-28-14 5:35 PM     [Snapshot: 201]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल्भाइ ले मेरो पनि बाछा बेलाको याद ल्यैदिन भो , मेरो त स्कूल को फी तिर्न नसकेर ४ ताल स्कूल फेर्न पढेको छ .
पढ्न चाहि पढ्यो फिस तिर्ने होइन , फाइनल जाच मा फिस नतिरी जाच दिन नपाइने , आनि स्कूल छोड्यो, अर्को वर्ष अर्को स्कूल , चार ताल तेसो गर्या
 
Posted on 01-28-14 10:17 PM     [Snapshot: 301]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई ....अर्को नमिठो याद पोख्नु भो तर सरस शब्दहरुमा .......... आजको ठुल्दाई हुनमा त्यो सानो ठुल्दाईको भोगाइको कत्ति महत्वपूर्ण छ नि हगि.... हिजोले नै हजुरको आजको आधार भनेको छ शायद .....
 
Posted on 01-29-14 9:22 AM     [Snapshot: 397]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै मार्मिक बेदना....थाने संग मा पूर्ण सहमत छु......... त्यसैको मिठो फल हो नि ठुल्दाई, आज तपाई सफलता को शिखर मा पुग्नु भएको.....

ठुल्दाई लाइ औटा अनुरोध : आत्म कथा निकाल्नु पर्यो (हरिबंश को चिना हराएको मान्छे जस्तो) , ता कि नया पिढी ले केहि पाठ सिक्न सकुन......
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Medication from Nepal to USA
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Business Ideas in Nepal?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters